मृतक टुरिष्ट गाईडका परिवारलाई प्रदेशको राहत हस्तान्तरण
हरि गुरुङ, २५ भदौ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवाको डल्लामा विदेशी नागरिकलाई बचाउन खोज्दा गैँडाको आक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई लुम्बिनी प्रदेशको पीडितसंग प्रदेश सरकार कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादशाह कुर्मीद्वारा शुक्रवार ज्यान गुमाएका मनमोहन चौधरीका बुवालाई स्वरोजगारका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत टंक गुरुङ्गले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका उममेयर विना भट्टराई, सिनियर डिभिजनल वन अधिकृत विजय राज सुवेदी, निमित्त प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फे, ठाकुरबाबा ९ का वडाध्यक्ष राधा चौधरी, मधुवन १ का वडाध्यक्ष मिन थापा लगायतको सहभागीता रहेको थियो ।
२५ °C काठमाडौं
Facebook Comments