• १० वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बाँसगढीको नगर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी

विन्दु चौधरी, २४ भदौं, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाको शिक्षा शाखामा विद्यार्थी संगठनले अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बर्दियाले विज्ञप्ती जारीगर्दै नगर शिक्षा शाखामा सोमवार तालाबन्दी गरेका हुन् । 

बाँसगढी नगरपालिकाले विद्यार्थीबाट चर्को शुल्क उठाउने निर्णय गरेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) बर्दियाका जिल्ला संयोजक रमिता थारुको नेतृृत्वमा अतिरिक्त शुल्क खारेजीको लागि मागगर्दै ताला लगाइएको हो । शिक्षा क्षेत्रलाई सुधार गर्ने अभियान स्वरुप मिशन दैनिक सिजल २ अभियान सञ्चालनगर्दै भाद्र १८ गते पालिकाका १३ वटा विद्यालयमा कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी अतिरिक्त शुल्क खारेजीका लागी ७२ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थियो । 

दिएको समयसीमा सकिदा समेत बेवास्ता गरेको भन्दै ताला लगाउन बाध्य भएको संगठनले जनाएको छ । सरकारी विद्यालयमा निजीकरणलाई प्रर्वद्धन गर्ने कुनैपनि कुरा हाम्रो संगठनलाई मान्यछैन विज्ञप्तीमा लेखिएको छ । नगरपालिकाले सरकारी विद्यालयबाट अतिरिक्त कक्षाका नाममा शुल्क उठाउन पाउने संविधान र जनविरोधि निर्णय गरेर अभिभावक र विद्यार्थीमाथि चर्को आर्थिक भार थोपरेको भन्दै तत्काल शुल्क खारेज गरी सबै विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउने अवस्था कायम गर्न माग गरिएको संगठनका जिल्ला इन्चार्ज भरत परियारले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments