बाँसगढीको दोन्द्रे खोलामा बेपत्ता युवकको शव भेटियो
चुरेकुञ्ज, २३ भदौ, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ स्थित दोन्द्रे खोलामा शुक्रवार दिउँसो नुहाएर फर्किने क्रममा ढुँगामा चिप्लिएर बेपत्ता भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ३२ बर्षिय माधव न्यौपानेको शव भेटिएको छ । बबई नदी विचमा रहेको वालुवाको थुप्रोमा शनिवार शव फेला परेको हो ।
मधुवन नगरपालिका वडा नम्बर ६ स्थित लठुवा घाटमा वेपत्ता न्यौपानेको शव शनिवार भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिनु भएको छ । उहाँका अनुसार ६÷७ जना साथीहरुसँग घुम्न गएका बेला खोलामा नुहाएर फर्किने क्रममा ढुँगामा चिप्लिंदा खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
शव परिवारलाई देखाएर पहिचान भैसकेकोले पोष्टमार्फम पश्चात परिवारलाई शव बुझाईने प्रहरीले जनाएको छ । घटना उपर थप अनुसन्धान भैरहेको बताईएको छ । युवक वेपत्ता भए पश्चात खोजीकार्य जारी राखेको प्रहरीले साढे १७ घण्टापछि शव फेला पारेको छ ।
२५ °C काठमाडौं
Facebook Comments