• १० वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बारबर्दियामा अट्वारी पर्वको शुभकामना आदानप्रदान 

चुरेकुञ्ज, २३ भदौ, बर्दिया । बारबर्दिया नगरपालिकामा थारु समुदायको विशेष पर्व अट्वारीको अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमहरु संचालन गरीएको छ । थारु कल्याणकारी सभा र बारबर्दिया नगरस्तरीय बरघर संजालको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो । 

शुभकामना आदानप्रदान कार्यक्रममा थारु संस्कृतिमा भित्री रहेको हानीकारक अभ्यासलाई न्युनिकरण गर्नु पर्ने कुरामा जोड दिईएको छ । प्रमुख अतिथि तथा थारु भाषा, कलासंस्कृतिका ज्ञाता डाक्टर गोपाल दहितले ससुदायमा कला संस्कृतिमा सुधारात्मक पक्षसगै, नकारात्मक कुराहरु पनि प्रवेश गरीरहेको बताउनु भयो । थारु समुदायको पहिरन, भाषा तथा ईतिहासलाई संरक्षणको क्षेत्रमा धेरै सुधार भएको बताउनु भएको छ । पहिले थारु समुदायको पहिरन लेहेगा, चोल्या, धोतीहरु लगाउदा लजाउनु पर्ने वा अपमानित हुनु पर्ने अवस्था थियो भने अहिले निर्धक्क भएर गर्वका साथ लगाउनु नै सकारात्मक पक्ष रहेको बताउनु भएको छ । 

भाषालाई पनि लिपिबद्धगर्दै जानु वा मानक भाषाको बहस सुरु हुनु नै सकारात्मक पक्ष भएको बताउनु भएको छ । थारु समुदायको पहिचानको सबभन्दा ठूलो आधार भनेको नै भाषा, भेषभूसा रहेकोले उहाँले बताउनु भएको छ । कलासंस्कृति, रहनसहन, शारीरिक बनावट अनुहार जस्ता कुराले पनि पहिचान झल्काई राखेको हुन्छ । यसैगरी थारु समुदायमा बाह्य संस्कृति भित्रिएर, थारुहरुको पहिचानलाई नष्ट गर्दै गएको बताउनु भएको छ । यसलाई रोक्नु भन्दा सबभन्दा पहिले मेरो पहिचान, कलासंस्कृति भेषभूषा, भाषालाई कसरी संरक्षण र प्रवर्धन गर्न सकिन्छ भन्ने कुरा नै प्रमुख प्राथमिकता रहेको उहाँको भनाई छ । अहिलेको जवाना भनेको एकाईसौँ शताब्दीको हो । 

हामीलाई हरेक नयाँ र आधुनिक कुराहरु जान्नु पर्ने, सिक्नु पर्ने छ तर त्यहि संगै आफ्नो पहिचान र कला संस्कृतिसंग जोडिएको कुरालाई संरक्षण पनि गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय भुवनेश्वर थारु र राजकुमार चौधरीले थारु समुदायको कलासंस्कृतिको संरक्षणसंगै आर्थिक, समाजिक, राजनीति, प्रशासनिक, न्यायिक क्षेत्रमा पनि अगाडी बढ्नु पर्ने बताउनु भएको छ । मौलिकता हराउदै गईरहेको बेलामा युवा पुस्तामा जागरण ल्याउनपर्ने आजको आवश्यकता रहेको बताउनु भएको छ । कार्यक्रममा बारबर्दियाका नगरप्रमुख छबिलाल थारुले थारु समुदायमा रहेको बिकृति बिसंगतीलाई न्युनिकरण गर्नका लागि कठोर निर्णय लिन थालेकोले सबै सरोकारवाला पक्षलाई सहयोग र समर्थन गर्न आग्रह गर्नु भएको छ । 

विवाह, पर्व र उत्सवमा देखिएको ठूलो आवाजमा डिजे, आवश्यकता भन्दा बढि खर्च, किशोर किशोरीहरुको अनावश्यक उपस्थिति जस्ता गलत अभ्यासलाई हटाउन पालिकाले ठोस निर्णय लिने बताउनु भएको छ । विवाहमा १६ बर्ष भन्दा मुनिका बालबालिकालाई अनावश्यक उपस्थिति हुन नदिने, ठूलो डिजे साउन्ड बजाउन नदिने, जन्मोत्सव, बैवाहिक बर्षगठ, पास्नी जस्ता संस्कारलाई भड्किलो र खर्चिलो भन्दा मौलिकता झल्किने खालको बनाउन वा मनाउनु पर्ने बताउनु भएको छ । साथै अट्वारी पर्वको शुभकामना आदानप्रदान गर्नु भएको छ । कार्यक्रम बारबर्दिया नगर बरघर संजालका अध्यक्ष लालबहादुर चौधरी (बैरागी) को सभाध्यक्षतामा भएको भएको छ । कार्यक्रममा विभिन्न किसिमका संस्कृति झल्कने नाचहरु प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments