गैंडा आक्रमणका मृतक प्रकृति पथप्रर्दशकका परिवारलाई सहयोग
हरि गुरुङ, २२ भाद्र, मधुवन (बर्दिया) । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा डल्लामा गैंडा अवलोकनका क्रममा विदेशी नागरिकलाई बचाउँदा शुक्रबार ज्यान गुमाएका टुरिष्ट गाईड मनमोहन चौधरीको परिवारलाई जिविकोपार्जनको लागि सहयोग प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम अन्र्तगत ५० हजार रुपैया नगद मृतकका वावुलाई शनिवार हस्तान्तरण गरिएको हो ।
डिभिजन वन कार्यालय बर्दियाका सिनियर डिभिजनल वन अधिकृत विजयराज सुवेदीले मृतकका बुवालाई रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष राधा चौधरी, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार राम, डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत टंक बहादुर गुरुङ्ग, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुबाहाम्फे लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
२५ °C काठमाडौं
Facebook Comments