गुलरियामा आयोजित एकल तिज नृत्य प्रतिस्पर्धामा यमुना भण्डारी प्रथम
मुरली गोडिया, २२ भदौ, गुलरिया (बर्दिया) । नेपाली कला र सँस्कृतिको जगेर्ना गर्न हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम गुलरिया नगरस्तरिय तीज एकल नृृत्य प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय साँस्कृतिक प्रतिष्ठान गुलरिया बर्दियाको आयोजना तथा मुन लाईट डान्स एकेडेमी गुलरिया बर्दियाको सहआयोजना प्रतियोगिता गरिएको हो ।
ज्ञानुमाया रिजाल, तोफा यादव, अनिल पौडेल, सुमित पौडेल र योगेन्द्र यादवको आयोजनमा गरिएको कार्यक्रममा मुख्य सहयोग गुलरिया नगरकार्यपालिका लगायत वडाहरुले गरेका छन् । गुलरियाको मुख्य बजार राधाकृष्ण चोकमा भएको प्रतियोगीतामा १३ जना प्रतिस्पर्धीले भाग लिएका थिए । जसमध्ये यमुना भण्डारी प्रथम, नेहा क्षेत्री द्धितिय, गंगा बोहोरा तृतिय र योगिता यादव सान्त्वना स्थान प्राप्त गर्न सफल भएको निर्णायक मण्डलकी संयोजक संगिता थापाले जानकारी गराउनु भयो । नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक थापा सहित कलाकार नरेन्द्र श्रेष्ठ र सन्ध्या श्रेष्ठ सदस्य रहनु भएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ४ हजार, तृतिय हुनेलाई ३ हजार र सान्तवना पुरस्कार १ हजार ५ सय प्रदान गरिएको आयोजक ज्ञानुमाया रिजालले जानकारी दिनुभएको छ । हाम्रो कला संस्कृती कायम राख्न तथा झल्काउनका लागि तिजको अवसर पारेर आफ्नै मौलिकता झल्कने तिज गित प्रतियोगिताको आयोजना गरिएको रिजालले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिका नगरप्रमुख मुक्तिनाथ यादवले सम्पूर्ण नगरवासीहरुमा हरितालिका तिजको शुभकामना दिनु भयो ।
कला भएर पनि स्थान नपाएका नव प्रतिभावान बालबालिकालाई उत्साह थप्ने काम गरिएको बताउनु भयो । अगामी बर्षमा नगरपालिकाले सहयोगगर्दै जाने उहाँले बताउनु भयो । गुलरिया नगरपालिका तथा वडा नम्बर ७/६/५ र ४ कार्यालयबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । कार्यक्रमको संचालन मिना थापाले गर्नु भएको छ । संस्कृती बचाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्नेमा जोड दिन थालिएको छ । हरितालिका तिजका अवसरमा बर्दियाका विभिन्न पालिकाहरुमा साँस्कृतिक कार्यक्रमहरु गरिएका छन् ।
२५ °C काठमाडौं
Facebook Comments