नुहाउने क्रममा खोलाले बगाउँदा एकजना वेपत्ता
चुरेकुञ्ज, २२ भदौ, बर्दिया । खोलाले बगाएर एकजना मानिसलाई बेपत्ता बनाएको छ । साथीहरुसँग नुहाउन गएको बेला बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ स्थित दोन्द्रे खोलाले बगाएर बेपत्ता बनाएको छ ।
साथीहरुसँग नुहाउन गएको बेला बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी अन्दाजी ३२ बर्षिय माधव न्यौपानेलाई आज खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिनु भएको छ । बेपत्ता न्यौपानेको खोजीकार्य भैरहेको बताईएको छ ।
२५ °C काठमाडौं
Facebook Comments