हरितालिका तिज पर्वको अवसरमा साँस्कृतिक कार्यक्रम
विष्णु अधिकारी, २१ भदौ, बर्दिया । नेपाली कला र सँस्कृतिको जगेर्ना गर्न हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम गुलरिया नगरस्तरिय तीज एकल नृृत्य प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय साँस्कृतिक प्रतिष्ठान गुलरिया बर्दियाको आयोजना तथा मुन लाईट डान्स एकेडेमी गुलरिया बर्दियाको सहआयोजना प्रतियोगिता गरिएको हो ।
ज्ञानुमाया रिजाल, तोफा यादव, अनिल पौडेल, सुमित पौडेल र योगेन्द्र यादवको आयोजनमा गरिएको कार्यक्रममा मुख्य सहयोग गुलरिया नगरकार्यपालिका लगायत वडाहरुले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिका नगरप्रमुख मुक्तिनाथ यादवले सम्पूर्ण नगरवासीहरुमा हरितालिका तिजको शुभकामना दिनु भएको छ । प्रमुख यादवले कला भएर पनि स्थान नपाएका नव प्रतिभावान साना बालबालिकालाई उत्साह थप्ने काम गरेकोमा आयोजक टिम प्रति धन्यवाद व्यक्त गर्नु भयो । उत्साहले आफुलाई आउँदा दिनमा अझ काम गर्न हौसला मिलेको र आउने बर्षमा नगरपालिकाले सहयोगगर्दै जाने बताउनु भएको छ ।
कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुधाशुं प्रकाश शर्माले तिज धार्मिक तथा सामाजिक महत्व बोकेको चाड भएकाले यसको साँस्कृतिक महत्व रहेकाले हरितालिका तिजलाई नेपाली सँस्कृतीसँग जोड्नु पर्ने बताउनु भएको छ । तिज गित प्रतियोगिता कार्यक्रमले समाजमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ । गुलरियामा सम्पन्न तिज गित प्रतियोगितामा १३ जनाले भाग लिएका थिए । भाग लिएका सहभागि मध्ये यमुना भण्डारी प्रथम, नेहा क्षेत्री द्धितिय, गंगा बोहोरा तृतिय र योगिता यादव सान्त्वना स्थान प्राप्त गर्न सफल भएको निर्णायक मण्डलका संयोजक संगिता थापाले बताउनु भएको छ ।
तिज गित प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक थापासँगै कलाकार नरेन्द्र श्रेष्ठ र सन्ध्या श्रेष्ठ सदस्य रहनु भएको संयोजन समितिका ज्ञानुमाया रिजालले चुरेकुञ्जलाई बताउनु भएको छ । रिजालले तिज गित प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ४ हजार, तृतिय हुनेलाई ३ हजार र सान्तवना पुरुषकार १ हजार ५ सय प्रदान गरिएको जानकारी दिनुभएको छ । हिन्दु नारीहरुले मनाउने महत्वपूर्ण चाड मध्ये हरितालिका तिज मुख्य रहेकाले तिजको धार्मिक परम्परा अनुसार यसदिन पार्वतीले भगवान शिवलाई पतिको स्वरुपमा प्राप्त गरी विवाह गरेको सम्झनामा हरितालिका तिज मनाउन थालिएको स्मरण गराउनु भयो ।
हाम्रो कला संस्कृती कायम राख्न तथा झल्काउनका लागि तिजको अवसर पारेर आफ्नै मौलिकता झल्कने तिज गित प्रतियोगिताको आयोजना गरिएको आयोजक सूर्योदय साँस्कृतिक प्रतिष्ठान गुलरियाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताउनु भयो । कार्यक्रम सम्पन्न गर्न गुलरिया नगरपालिका लगायत वडा नम्बर ७÷६÷५ र ४ कार्यालयबाट सहयोग प्राप्त भएको उहाँको भनाई छ । सह आयोजक मुन लाईट डान्स एकेडेमीले गुलरियाले कला सँस्कृति सम्बन्धी नृत्य प्रशिक्षण गराउँदै आएको एकेडेमीले जनाएको छ ।
हरितालिका तिजको अवसरमा गुलरिया नगरपालिका वडा नम्बर ७ मा रहेको बगलामुखी मन्दिरमा ब्रतालु महिला भक्तजनहरुको बिहानै देखि भिड रहेको बगलामुखी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दिपक ढुङ्गानाले बताउनु भएको छ । तिजको अवसरमा मन्दिरमा महिला दिदि बहिनीहरुका लागि साँस्कृतिक मञ्चको पनि निर्माण गरि कार्यक्रम भएको बताउनु भयो । हरितालिका तिजका दिन विवाहित महिलाले पतिको दिर्घायुको कामनाका लागि र कन्याहरुले सुयोग्य वर पाउँभनी निराहार भगवान शिवको व्रत वस्ने धार्मिक मान्यता छ ।
तिजका दिन महिलाहरुले आफुले बर्षभरि गरेको संघर्षको कथालाई गितका माध्यमबाट दुःख सुख साटासाट गर्ने प्रचलन छ । सनातन धार्मिक सामाजिक मान्यता बोकेको हरितालिका तिज पछिल्लो समयमा आएर अलि तडकभडक बढ्दै गइरहेकोमा हाम्रो सनातनीहरु चिन्तित हुन थालेका छन् । संस्कृती बचाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्नेमा जोड दिन थालिएको छ । हरितालिका तिजका अवसरमा बर्दियाका सम्पुर्ण पालिकाहरुमा सास्कृतिक कार्यक्रमहरु गरिएका छन् ।
२५ °C काठमाडौं
Facebook Comments