बर्दियामा गैंडाको आक्रमणबाट एकको मृत्यु, पर्यटक घाईते
हरि गुरुङ, २१ भदौ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ हात्तीसारका ३६ बर्षिय नेचरगाइड मनमोहन चौधरीको गैडाको आक्रमणमा परी मृत्यु भएको छ ।
सोही आक्रमणमा परी ५६ बर्षिय विदेशी नागरिक एमसी लेन्डन घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभएको छ । विहान करिब ९ बजेको समयमा शिव सामुदायिक वन उपभोक्ता समूह मधुवन नगरपालिका वडा नम्बर १ स्थित डल्लामा गैंडा अवलोकनका क्रममा बच्चा सहितको पोथी गैंडाले आक्रमण गर्दा घाइते पर्यटकलाई बचाउदा चौधरीको ज्यान गएको प्रत्यक्षदर्शी सामुदायिक वनका हेरालु थेङछु थारुले बताउनु भएको छ ।

२५ °C काठमाडौं
Facebook Comments