• १० वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

केशव कोइराला, २० भदौ, बर्दिया । बर्दियामा लागुऔषध ब्राउन सुगर बोकेको आरोपमा २ जनालाई नियन्त्रणमा लिईएको छ । गुलरिया नगरपालिका वडा नम्बर १२ का ३६ वर्षीय अब्दुल सलाम र २१ वर्षीय रेवतीप्रसाद कुर्मीलाई लागुऔषध सहित पक्राउ गरिएको हो । 

भारतीय सीमावर्ती बजारहुँदै गुलरियातर्फ आउँदै गरेको अवस्थामा बुधवार राति नेपालगन्ज हुलाकी सडक खण्डको भादा पुल नजिकै जाँच गर्दा उनीहरुबाट ३० मिलीग्राम उक्त पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । 

नियन्त्रणमा लिईएका दुवैजनाको साथबाट लागुऔषधसँगै भे ११ प १७२३ नम्बरको मोटरसाइकल, नगद ८२ हजार ७९ रुपैयाँ बरामद गरिएको उहाँको भनाई छ । घटना उपर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments