• ९ वैशाख २०८३, बुधवार
  • ३० °C काठमाडौं
सरकारले किसानलाई भजाउने काम गर्यो  : पत्रकार महासंघ अध्यक्ष आचार्य

विष्णु अधिकारी, २० भदौ, बर्दिया । सरकारले नेपाली किसानलाई भजाउने काम गरेको नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले बताउनु भएको छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले राज्यले कृषि प्रधान देश मात्र भन्ने तर किसानलाई कुनै किसिमको सुविधा उपलब्ध नगराएकोभन्दै आक्रोष पोख्नु भएको छ ।

नेपाल कृषि प्रधान देश भनेर भनिएतापनि कृषि क्षेत्रमा काम गर्ने किसानहरुले धेरै समस्याहरु झेलिरहेका छन् । उहाँले भन्नुभयो, किसानले जेनतेन दुःख गरेर उत्पादन गरेको बस्तुको उचित मूल्य नपाउँदा पिडा भोग्नु परेकोले बताउँदै कृषि क्षेत्रलाई उद्योगको रुपमा संचालन गर्न राज्यले उदासिनता देखाएको कारण कृषि पेशाबाट युवाहरु पलायन हुने दर बढदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । बर्दिया जिल्ला कृषि तथा पशुपालनका लागि उर्वर भुमि मानिएको भएतापनि प्राविधिक र कृषि विज्ञको अभावका कारण कृषकहरु कृषि पेशा छाडि विदेश पलाएन हुने दर बढ्दै गइरहेको छ । 

नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना राज्य कै नितीका कारण असफल हुदै गइरहेको छ । सरकारले यसै आर्थिक बर्षको बजेटमा कुनै योजना बिना हचुवाको भरमा १० बर्षे कृषि बर्ष योजना लागु गर्ने निति तथा कार्यक्रममा घोषणा गरेको छ । नत किसानले सहज रुपमा मलको उपलब्धता पाए, नत सिँचाई, न विउको नै सहजता भयो । आ.व. ०८१ देखि ०९१ सम्म १० बर्षलाई राज्यले कृषि बर्ष घोषणा गरेको भएपनि गत वर्षको भन्दा बजेट बढेर आउनुको साटो यस बर्ष ३८ प्रतिशत बजेट घटेर आएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाको प्रमुख सागर ढकालले बताउनु भएको छ । 

आर्थिक बर्ष ०८१/०८२ को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा चालु आर्थिक बर्षमा कार्यालयमा समग्र कृषि विकासका लागि ७ करोड ८४ लाख बजेट स्वीकृत भएको उहाँले जानकारी दिनुभयो । यस बर्षको कार्यक्रमममा पशु पोषण सुधार, प्राविधिक कार्यक्रम १५ हेक्टरमा, मुक्त कमैया कमलरीको आयआर्जन कार्यक्रम, कृषक र प्राविधिक भेटघाट कार्यक्रम, आलु विउ उत्पादन कार्यक्रम रहेको उहाँले बताउनु भयो । बर्षे, हिउँदे फलफुलका विरुवा वितरण कार्यक्रम, माटो व्यवस्थापन, तोरी र मसुरो उत्पादनलाई बढावा दिने कार्यक्रमहरु रहेको प्रमुख ढकालको भनाई छ । 

कार्यक्रममा बर्दियामा प्रतिदिन ४० हजार लिटर दुध उत्पादन भइरहेको भएता पनि पशुपालन गरेका कृषकहरुको ६ महिना देखिको दुधको भुक्तानी नपाएको दुग्ध सहकारी संस्था राजापुरका कोषाध्यक्ष टिकाराम रेग्मीले बताउनु भएको छ । बजारमा पाइने महँगा दानाले पशुपालन गरिरहेका किसानहरु मर्कामा परेकोभन्दै दुःख ब्यक्त गर्नुभयो । राज्यले योजना निर्माण गर्दा बन्द कोठामा गर्ने गरेकोले कृषकको जनजिविकालाई समेट्न नसकेकोभन्दै रेग्मीले राज्य प्रति आक्रोस पोख्नु भएको थियो । कार्यक्रममा सरोकारवाला संघसंसथाका प्रमुख तथा प्रतिनिधि, लगायत पत्रकारहरुको सहभागीता थियो । कार्यक्रम गुर्वावा एफएम बाँसगढीको संयोजनमा जिल्लाका सबै एफएम रेडीयोहरुबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments