वन संर्बद्धन प्रणालीमा आधारित समुहको क्षमता अभिवृद्धि
हरि गुरुङ, २० भदौ, मधुवन (बर्दिया) । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं–५ शाहीपुरमा वन संर्बद्धन प्रणालीमा आधारित दिगो वन ब्यवस्थापन सम्बन्धि उपभोक्ता समुहहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ । डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा कार्यक्रम गरिएको हो ।
वन सम्र्बद्धन कार्यदिशा वन संर्बद्धन प्रणालीमा आधारित वन ब्यवस्थापनको प्राथमिकता लागु गर्न वन संर्बद्धन र अन्य वन ब्यवस्थापनका क्रियाकलाप, वन संरक्षण प्रभावकारी रूपमा गर्ने (वन अतिक्रमण नियन्त्रण र वन डढेलो नियन्त्रण), मानव वन्यजन्तु द्वन्द न्यूनीकरण, छेकवार, वासस्थान ब्यवस्थापन, जैविक मार्ग ब्यवस्थापन, वन क्षेत्रको अन्य प्रयोग (वनबाट गएको बाटो), जनचेतना अभिवृद्धि र आनिबानि सुधार, व्यवहार परिवर्तन, सुशासन अभिवृद्धि (समुहको कोष परिचालन) अबको कार्यदिशा रहने बताईएको छ ।
बर्दिया जिल्लामा २ सय ८३ वटा सामुदायिक वन रहेका छन । ५० हेक्टर भन्दा साना १ सय ३६ वटा, ५० देखि १ सय हेक्टरसम्म ७४ वटा र १ सय हेक्टर भन्दा ठुला ७३ वटा रहेका छन । त्यसैगरी २७ वटा सामुदायिक वनका कार्ययोजना पहिलाको वैज्ञानिक वन ब्यवस्थापन कार्यविधि २०७१ अनुसार वनेका १६ वटा अहिले वन सम्र्बद्धन प्रणालीमा आधारित वन ब्यवस्थापन मापदण्ड बमोजिम संशोधन भएका ११ वटै संशोधन गर्न बाँकी रहेका छन ।
कार्यक्रममा राजापुर र खाता सब–डिभिजन वन अन्तर्गतका सामुदायिक वनका कार्यसमिति तथा पदाधिकारिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय बर्दियाका कर्मचारीहरुको उपस्थिति थियो । उपस्थित सामुदायिक वनका कार्यसमिति र पदाधिकारीहरुलाई सिनियर डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वन अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण, चोरीकटानी/वन्यजन्तु शिकारी नियन्त्रण र वन क्षेत्रको माटो नदिजन्य पदार्थ उत्खनन नियन्त्रणका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम वरिष्ठ वन अधिकृत टंङ्ग बहादुर गुरुङ्गले संचालन गर्नुभएको थियो । त्यस्तै खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नम्बर ३ बर्दियाले बर्दिया जिल्लामा भर्खर मात्र सरुवा भई नयाँ आउनु भएका डीएफओलाई स्वागत समेत गरेका थिए ।
२४ °C काठमाडौं
Facebook Comments