बढैयातालमा बालविवाह, लागुऔषध, प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना मुलक तीजगीत प्रतियोगीता
मुरली गोडिया, १८ भदौ, गुलरिया (बर्दिया) । बर्दियाको बढैयाताल गाँउपालिकाको अयोजनामा सचेतना मुलक तीज गीत प्रतियोगीता गरिएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा मंगलबार मैनापोखरमा सचेतनामूल तिजगित प्रयोगिाता गरिएको छ ।
सचेतना मुलक प्रतियोगीतामा स्थानिय पालिकामा रहेका ११ वटा महिला समुहहरुले सभागीता जनाएका छन । तीज गीत प्रतियोगीता सहभागी सवै समुहहरुले बालविवाह, लागुऔषध, महिला हिंसा, प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना मुलक तीज गीत प्रस्तुत गरेका थिए । साथै मौलीकपनमा बालबिवाह तथा महिला हिंसा, प्रजनन स्वस्थ्य र लागु औषध दुब्र्येसनी न्युनिकरण संम्बन्धी सन्देश मुलक गित तयार गरि मन्चमा तिज गित प्रस्तुती दिएका थिए । ११ समुह मध्ये पतनजंली योग महिला समुह प्रथम हुन सफल भएको छ ।
यसैगरि संकल्प महिला बिकास समुह द्धितिय, सक्रिय बुहारी समुह तृतिय र दिदिबहिनी समुह सान्त्वना स्थान प्राप्त गरेको छ । प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गरेको समुहलाई क्रमश १२ हजार ५ सय, १० हजार, ८ हजार र ३ हजार ७ सय ५० रुपैँया नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । बढैयाताल गाँउपालिकाका उपाध्यक्ष लक्ष्मि कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमम प्रमुख अतिथि बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, बिशेष अतिथि बढैयाताल गाँउपालिकाका पुर्व उपाध्यक्ष दिपा कुमारी गौतम रहनु भएको थियो ।
गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठीले कला र संस्कृतिको जगेर्ना गर्दै समाजमा भएको विभिन्न खाले हानिकारक अभ्यासहरु निर्मुल पार्न प्रतियोगीताको आयोजना गरिएको बताउनु भयो । बढैयाताल गाँउपालिका सिमावर्ति क्षेत्रमा पर्ने र लागुऔषधको प्रयोग बढ्दो रहेको उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले बालविवाह, छिटो हुने विवाह, महिला हिंसा लगायतका कुरितीहरु विरुद्ध सचेतना मुलक तीज गीत प्रतियोगीताले सुधारको भुमिका खेल्ने चुरेकुञ्जलाई प्रतिक्रिया दिनु भयो ।
यस्तै गाँउपालिका उपाध्यक्ष लक्ष्मि कुमारी अधिकारीले बालविवाहकै कारण समाजमा महिला हिंसा लगायत थुप्रै घटनाहरु हुने भएकोले अभिभावकहरु समेत चनाखो हुनुपर्ने बताउनु भयो ।
विवाह गर्ने सहि उमेर बारेको अज्ञानताले महिलाहरुले विभिन्न शारिरिक पिडाहरु भोग्नु गरेको र साना साना बालबालिकाहरु लागुऔषधको सिकार हुने गरेको भन्दै यस्ता गलत कुलतहरु बाट बच्न सन्देशमुलक तीजगीतको मर्मबाट बुझन सकिने भएकोले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । आवाज संस्थाको आर्थिक सहयोग र बढैयाताल गाँउपालिकाको आयोजनामा भएको कार्यक्रममा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरी लगायत जनप्रतिनिधि, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीय महिला दिदिबहिनी, संचारकर्मी, सुरक्षाकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन मिना थापाले गर्नु भएको थियो ।
२४ °C काठमाडौं
Facebook Comments