• १० वैशाख २०८३, बिहिवार
  • २४ °C काठमाडौं
विविध निर्णयगर्दै मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समिति बर्दियाको वैठक सम्पन्न

मुरली गोडिया, १८ भदौ, गुलरिया (बर्दिया) । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समतिीको बैठक बसेको छ । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्ध्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले भदौ २० गते मनाउन लागिएको १८ औं राष्ट्रिय दिवसका लागी विभिन्न निर्णयहरु समेत गरेको छ । 

मंगलबार जिल्ला प्रशासन कार्यलय बर्दियामा बसेको जिल्ला समितीको बैठकले विभिन्न प्रचारप्रसार तथा सचेतना मुलक कार्यक्रम गरि दिवस मनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला सरकारी वकिल कार्यालय, सशस्त्र प्रहरी, नागरिक समाज, माइती नेपाल, पत्रकार महासंघ लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थितीमा बैठक बसेको थियो ।

बैठकका क्रममा “तीनै तहका सरकारको प्रतिवद्धताः मानव बेचबिखन बिरुद्ध सबैको ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइने प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउनु भएको छ । दिवसको अवसरमा विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा समावेश गर्न जिल्ला प्रहरी कार्यालय, बर्दियालाई अनुरोध गर्ने, मानव बेचबिखन विरुद्ध सचेतनामूलक, रचनात्मक कार्यक्रम, सन्देशहरु प्रचार प्रसार गर्न बर्दिया पत्रकार महासंघ लगायत संचारकर्मीहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस्तै जिल्लाका सबै स्थानीय तह एवम् सीमावर्ती क्षेत्रमा गै.स.स. महासंघ र माइती नेपालको नेतृत्वमा मानव वेचविखन तथा ओसार पसार सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्ने, निर्णय गरिएको छ । त्यस्तै मानव बेचबिखन तथा ओसार पसार विरुद्ध यसमा आवद्ध संघ/संस्थाहरुले स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्न निरन्तरता दिने समेत निर्णय गरिएको समितीले जनाएको छ ।  स्थानीय स्तरमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी समिति गठन गर्न बाँकी रहेका पालिकामा समिति गठन गर्न सबै स्थानीय तहमा अनुरोध गर्ने र संघ÷संस्थाहरुले गरेका कामको प्रतिवेदन नियमित रुपमा जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय भएको प्रजिअ शर्माले बताउनु भयो । 

सम्बन्धित समाचार

Facebook Comments