• १० वैशाख २०८३, बिहिवार
  • २४ °C काठमाडौं
विद्यालयको आयोजनामा परम्परागत दर कार्यक्रम 

चुरेकुञ्ज, १८ भदौ, बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ डुम्रेनीमा अवस्थित श्री जनचाहना आधारभूत विद्यालयमा हरितालिका तिजको अवसरमा सम्पूर्ण विद्यार्थीहरुका लागी दरखाने र खुवाउने कार्य सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा परम्परागत रुपमा चलिआएको दर प्रचलन विद्यालयमा मनाईएको हो । 

बिद्यालयमा अध्ययनरत विविध कारणले बुवा आमा भन्दा टाढा भएका अभिभावकको अभावमा दर खानबाट बञ्जित हुने गरेका छन् बालबालिकाहरुलाई मध्यनजर गरी स्थानीय समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी एवम् पूर्व विद्यार्थीहरु तथा शिक्षक स्टाफको सहयोगमा विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई दर खुवाउने कार्यक्रम मार्फत उनीहरुलाई दर आयोजना गरिएको प्रधानाध्यापक यज्ञप्रसाद नेपालले जानकारी गराउनु भयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी एवम् सदस्यहरु, जग्गादाता, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापक लक्ष्मी पौडेल लगायत अभिभावकहरुको कार्यक्रममा सहभागिता थियो । 

कार्यक्रममा विद्यालयमा अध्ययनरत २ सय ५७ जना विद्यार्थी, शिक्षक। कर्मचारी सहित करीब ३ जनालाई सामूहिक रुपमा दर खुवाईएको हो । कार्यक्रम अत्यन्त व्यवस्थित र उदाहरणीय रहेको शिक्षक अभिभावक संघका अध्यक्ष नगेन्द्र बहादुर शाहीले बताउनु भयो । कार्यक्रम संचालन गर्नका लागी समाजसेवीबाट १ हजार १ सय १५, शिक्षक स्टाफबाट ४ हजार ५ सय एवम् हाल बैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर रहनु भएका पूर्व विद्यार्थीहरु मनिराज घोडासैनी, नमराज न्यौपाने, नवीन घोडासैनी, लक्ष्मण खनाल, डिल्ली घोडासैनी, बलराम घोडासैनी र प्रभुनाथ घोडासैनीबाट एकमुष्ट रू. १० हजार ३ सय सहयोग प्राप्त भएको प्रधानाध्यापक नेपालले चुरेकुञ्जलाई जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments