लक्ष्मी लघुवित्त वित्तिय संस्थाद्वारा बिमा हस्तान्तरण
केशव कोईराला, १६ भदौ, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नं ३ टेडियामा शाखा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बिमा रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी आफ्ना ग्राहक सदस्य तथा अभिभावकलाई बिमा बापतको रकम हस्तान्तरण गरेको हो ।
समूहमा आबद्ध भई कारोबार गर्ने सदस्यहरूको मृत्यु पश्चात् मृतकको परिवारलाई बिमा बापतको रकम प्रादेशिक कार्यालय अत्तरिया कैलालीका प्रदेश प्रमुख रमेश अर्याल र राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष बिदुर पोखरेलले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । केन्द्र नं. ९६ मा आवद्ध सदस्य राम कुमारी थरुनीको श्रीमान स्व. शालिकराम चौधरीको मृत्यु बाफतको ५ लाख बिमा रकम गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै सँस्थाका प्रदेश प्रमुख अर्यालले बिमाको महत्व बुझाउदै बिमा सम्वन्धित सम्पूर्ण जानकारी दिनुका साथै सँस्थाका अन्य समाजिक उत्तरदायित्व अन्तर्गतका बिषयमा पनि जानकारी गराउनु भयो । यस्तै वडाध्यक्ष पोखरेलले सँस्थाले गरेको सकरात्मक कार्यलाई उजागर गर्दै सँस्था र सदस्य बिच दिपक्षिय सकारात्मक सम्वन्ध हुनुपर्छ भन्दै सकारात्मक कार्यको अपेक्षाका साथै कर्जाको सहि सदुपयोग गर्नुपर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडिया शाखाका शाखा प्रबन्धक श्री लोकेन्द्र खड्का अन्नतपुरका बडघर ठग्गु थारु, स्थानिय भुवन ढकाल, शाखाका कर्मचारी गणेश गिरी, स्थानियका साथै केन्द्रका सम्पूर्ण सदस्यहरुको उपस्थित थिए ।
२९ °C काठमाडौं
Facebook Comments