• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
वेपत्ताको अवस्था सार्वजनिकको मागगर्दैै आफन्त

केशव कोईराला, १४ भदौ, राजापुर (बर्दिया) । बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सशस्त्र द्वन्द्वमा बर्दियाबाट बेपत्ता पारिएका आफन्तले छिटोभन्दा छिटो सत्य पत्ता लगाइदिन आग्रह गरेका छन् । बर्दियाको राजापुर, गेरुवा लगायत आठवटै पालिका तथा देशभर अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवस मनाइएको छ । 
कार्यक्रममा सहभागीहरुले आफ्ना मानिस कहाँ छन् र विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र सार्वजनिक गर्ने भनिए पनि १८ बर्ष बिती सक्दापनी थाहा पाउन नसक्नु दुखद भएको बताएका छन् ।

२०५९ सालमा काम छ भनी रातिको समयमा बेपत्ता पारिएका आफ्ना श्रीमानको अवस्था अझै अज्ञात भएको भन्दै राजापुर ६ मानपुर टपराकि शिवा चौधरीले आफुहरुको अवस्थाबारे राज्य संयन्त्रले बेवास्ता गरेको बताउनु भयो । बिक्रमपुरकि हिरा चौधरीले बेपत्ता कतिन्जेल भन्ने भन्दै कि सास कित लास चाहिने बताउनुभयो । उहाँले वेपत्ता पारेकै दिनवाट राज्य पक्षले आफुहरुलाई परिपुरण स्वरुप भत्ता दिनुपर्ने माग गर्नुभयो ।

बर्दिया जिल्लामा सशस्त्र द्धन्दबाट ४४ जनाको अपहरण ४ सय ४३ बिस्तापित २ सय २४ बेपत्ता, ३ सय ७१ को मृत्यु र ५० जना घाइते रहेको जिल्ला प्रशासन कार्यलय बर्दियाको तथ्यांक छ । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक राष्ट्रपती रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको छ । ऐन बनेपनी विधेयकमा केही राम्रा र केही नराम्रा कुरा रहेको भन्दै सकिन्छ भने नराम्रा कुरा अझै सम्बोधन गरौँ भन्ने पीडितहरूको माग गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments