• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
अनुमति नलिई संचालन गरेका  बाँसगढीका होटललाई कारवाही

विन्दु चौधरी, १४ भदौ, बाँसगढी (बर्दिया) । करदाता कार्यालय गुलरियाले अनुमति नलिई होटल सञ्चालन गर्नेलाई जरिवाना गरेको छ । करदाता कार्यालय गुलरिया बर्दियाले बाँसगढी नगरपालिका क्षेत्रभित्र अनुमति नलिई होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने व्यवसायीहरूलाई ३५ हजार अन्तशुल्क नबुझाएको भन्दै जरिवाना गरेको हो । 

विहिवार गरिएको अनुमगनमा करदाता कार्यालय बर्दियाका कर अधिकृत शेरनाथ योगीको नेतृत्वकोे अनुमगन टोलीले बाँसगढी बजार, भगरा, लक्षमणा बजारमा गरि २५ वटा होटल तथा रेस्टुरेन्टमा अनुमगन गर्दा ३५ हजार बरारबरको जरिवाना गरिएको कर अधिकृत योगीले जानकारी दिनुभयो । बिना दर्ता वा अनुमति विना सञ्चालन गरिएका होटलहरूलाई फेला पारेपछि करिव ५० हजार मुल्य बराबरका २० लिटर घरेलु मदिरा, वियर तथा अन्य शिलवन्दी गरिएका मदिराजन्य पदार्थ समेत बरामद गरिएको थियो । 

अनुमति बिना सञ्चालन गरिएका होटलहरूले कानूनी रूपमा आवश्यक अन्तशुल्क तिर्नुपर्ने हुन्छ, तर यस्तो नगरेको पाइएपछि करदाता कार्यालयले जरिवाना लगाएको कर अधिकृत योगीले बताउनुभयो । नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन आग्रहगर्दै ७ दिनभित्र दर्ता अनुमति लिन समेत अनुरोध गुर्नभएको छ । करदाता कार्यालय बर्दियाका प्रमुख शेरनाथ योगी, शान्ता आचार्य, सागर भुषाल, टोप बहादुर थापामगर, बाँसगढी उद्योग बाणिज्य संघका सचिव प्रेमनारायण पौडेल, मोतिपुर इलाका प्रहरी बाँसगढीका प्रहरी नायव निरिक्षक शरम बहादुर थापा, संचारकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।

सम्बन्धित समाचार

Facebook Comments