• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
ठाकुरबाबा न्यायिक समितिमा जग्गा विवादकै मुद्धा

भिमा कंडेल, १२ भदौ, ठाकुरबाबा (बर्दिया) । ठाकुरबाबा नगरपालिकामा आर्थिक वर्ष ०८१/८१ मा जग्गा विवादको मुद्धा पहिलो नम्बरमा छ । विवादको प्रकृति अनुसार समितिमा ९/१० थरीका विवाद दर्ता भएका छन् ।

ठाकुरबाबा नगरपालिकामा असार अन्तिम सम्ममा कुल १ सय १७ वटा विवाद दर्ता भएको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना कुमारी भट्टराइले जानकारी दिनुभयो । गत आर्थिक बर्षको अन्त्य सम्ममा ८० वटा विवाद मेलमिलाप प्रकृयाबाट निरुपण भएका छन् । २७ वटा मुद्धा समाधानको प्रकृयामा रहेको उहाँको भनाई छ । धेरै जसो विवादहरु असार महिनामा दर्ता भएकोले कानुनी प्रकृया पुरा गर्नुपर्ने हुँदा साउनमा महिनामा सरेको छ । 

चालु बर्षमा पनि कतिपय मुद्धा निरुपण भैसकेको छ । ठाकुरबाबा नगरपालिकामा सबै भन्दा बढि जग्गा विवादको मुद्धा दर्ता भएको उपप्रमुख भट्टराई बताउनु हुन्छ । त्यसैगरी लेनदेन सम्बन्धी मुद्धा, घरेलु हिंसा, गालीगलौज, कुलोपानी, बाटोघाटो, ज्याला मजदुरी सम्बन्धी मुद्धाको क्रमपनि बढ्दो छ । अंश सम्बन्धी विवाद, फोहोर व्यवस्थापन सम्बन्धी मुद्धा दर्ता भएका छन् । उहाँले भन्नुभयो, घरेलु हिंसाको मुद्धा घटेर तेस्रो नम्बरमा आएको छ ।

गत आर्थिक वर्ष ८०, ८१ को ठाकुरबाबा नगरपालिकामा दर्ता भएका ११७ वटा मुद्धामा  झण्डै ९० वटा मुद्धा निरुपण भैसकेको छ । अब २७ वटा मुद्धा मिलान हुन बाँकी रहेको छ । ज्यालादारी मुद्धामा सम्बन्धीत ठेकेदारहरु सम्पर्कमा नआउने र उनीहरुले पेटी ठेकेदारलाई काम लगाउने  भएकोले श्रमिकहरुले ज्याला पाउन नसकेको बताउनुभयो । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई रकम नदिएको र पेटी ठेकेदारले मजदुरलाई ज्याला दिन समस्या भएको गुनासो न्यायिक समितिमा आएका छन् । 

कतिपय समस्या समाधानको लागि सम्बन्धीत निकायलाई पत्र काटि सकिएको कतिपयको लिखित जवाफ पेश गर्नेक्रममा र कतिपयको छलफल गराउने क्रम चलिरहेको उहाँले प्रष्ट्याउनु भयो । न्यायिक समितिमा कानुनी अधिकृतहरुको दरबन्दी नहुदा कहिलेकाही पढेर सोधेर हेरेर छलफल गनुपर्ने अवस्था हुन्छ । कानुनी अधिकृतको दरबन्दी नहुनु मुख्य समस्या रहेको उपप्रमुख भट्टराइले जानकारी दिनुभयो ।  

 

सम्बन्धित समाचार

Facebook Comments