• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
कोठियाघाटमा थन्काईएको पन्टुन पुल अलपत्र 

केशव कोइराला, ९ भदौ, बर्दिया । बर्दियाको गेरुवा (कर्णाली) नदी स्थीत कोठियाघाटमा नेपालकै लामो पक्की पुल संचालनमा आएपछी झण्डै ११ बर्ष अघि हिउँदमा सञ्चालन हुँदै आएको पन्टुन पुल अलपत्र परेको छ । सम्बन्धित निकायको बेवास्ताका कारण करिब एक दशकदेखि थन्किएर राखेकोले डब्बाहरुमा खिया लागेको छ । 

बर्षेनि रंगरोगन र मर्मत सम्भार गरिने उक्त पुलका डब्बामा खिया लागेर प्वाल परेको छ । डब्बामा वर्षमा एक पटक मर्मत सम्भार गर्दा करिब दुई लाख खर्च हुने र पुल सञ्चालनमा नआए कामै नलाग्ने प्राविधिक बताउँछन् । एशियाली विकास बैंकको ऋण सहयोगमा चीनमा निर्मित पन्टुन पुल २०५६ सालमा सञ्चालनमा आएको थियो । त्यसबेला करिब ७ करोडको लागतमा पुल खरिद भएको थियो । 

कोठियाघाटमा स्थायी पुल बनेपछि पन्टुन कता राख्ने भन्ने टुंगो समेत लागेको छैन । पन्टुन पुल आठ वर्ष देखि जिल्लाको कर्णाली नदीको दौलतपुर घाटमा राख्न स्थानीयले माग गरेका थिए । नदीको लम्बाई अनुसार पन्टुनको डब्बा थोरै भएकोले जडान गर्ने अवस्था नभएकोले रोकिएको थियो । राजापुर सिँचाइ आयोजनका प्रमुख केशव दासले पन्टुन पुल बेवारिसे जस्तो भएको बताउनुभयो । पन्टुन पुलको व्यवस्थापन गर्न केन्द्रमा पत्राचार गरेपनि सुनुवाई हुन सकेको छैन । 

तत्कालीन अवस्थामा पुल निर्माण नहुँदा भौरा टापुका किसानहरुले सहज रुपमा आफुले उत्पादन गरेको खाद्यान्य निर्यात गर्न राजापुर सिँचाइ आयोजनाले पन्टुन पुल हिउँदमा जडानगर्दै आएको थियो । वर्षायाम अगावै पन्टुन पुल झिकेर सुरक्षित ठाउँमा राखिने गरिन्थ्यो । साविक जिल्ला विकास समिति, कृषक समन्वय समिति र राजापुर सिँचाइ आयोजनाले संयुक्त रुपमा सञ्चालन गरेको पन्टुन पुलको ठेक्का बर्सेनि तत्कालिन जिविसले दिँदै आएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments