• १० वैशाख २०८३, बिहिवार
  • २७ °C काठमाडौं
मुद्धाको न्यायोचित फैसलागर्दै राजापुर न्यायिक समिति

केशव कोईराला, ८ भदौ, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादनमा अधिकतम सफलता देखाएको छ । आर्थिक बर्ष ०८०/०८१ मा राजापुर नगरपालिकाको न्यायिक समितिमा २२ वटा विवाद दर्ता भएका थिए । 

जसमध्ये १३ वटा विवादहरु मेलमिलापद्वारा समाधान भएका छन् । २ वटा बिवाद खारेज भएका छन् । यस्तै २ वटा बिवाद जिल्ला अदालत एवं अन्य निकायमा पठाइएको छ भने ५ वटा विवादहरु मिलानको प्रक्रियामा रहेका छन् । विभिन्न मुद्दाहरु जस्तै अर्काको बाली नोक्सानी, ज्याला मजदुरी, सार्वजनिक स्थलको उपभोग, अर्काको घर सम्पती असरपर्ने गरी बिरुवा लगायको र अन्य सार्वजनिक प्रयोगका मामलाहरुमा समेत न्यायिक समितिले सफलतापूर्वक मेलमिलाप गराएको जनाएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा २ बमोजिम मेलमिलापद्धारा निरुपण गर्ने अधिकार भएका विवादहरु ९ वटा दर्ता भएका छन् । जसमा ९ वटै मेलमिलापद्वारा समाधान भएका छन् । यी मुद्दाहरुमा एकाको हकको जग्गा अर्काले मिचेको, हक नपुग्ने जग्गामा संरचना बनाएको, पतिपत्नी बिचको सम्बन्ध बिच्छेद, देवानी र १ बर्ष सम्म कैद हुन सक्ने फौजदारी विवादहरुमा पनि न्यायिक समितिले सफलतापूर्वक निष्पक्ष न्याय सम्पादन गरेको न्यायीक समिती शाखा प्रमुख सुनिता कुमारी चौधरीले जानकारी दिनुभयो । 

न्यायिक समितिको प्रमुख उपलब्धिहरुमा छिटो, छरितो र कम खर्चमा निष्पक्ष न्याय सम्पादन, मेलमिलाप तालिमको सञ्चालन, हिंसापीडित महिलाहरुको सिप विकास तथा बालविवाह सम्बन्धी कानुनी जानकारीको विस्तार उल्लेखनीय रहेका छन् । राजापुर नगरपालिकाको न्यायिक समितिले विवाद समाधानमा दुवै पक्षको जीत सुनिश्चित गर्दै सामाजिक न्यायको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

सम्बन्धित समाचार

Facebook Comments