मानव बेचविखन न्युनिकरणार्थ किशोरीलाई सचेतना
मुरली गोडिया, ८ भदौ, गुलरिया (बर्दिया) । गुलरियाका किशोरीहरुलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध सम्भावित जोखिम न्युनिकरणका लागी एक दिवसिय अभिमुखिकरण गरिएको छ । माइती नेपाल बर्दियाले शुक्रबार गुलरियमा गरेको कार्यक्रममा नगरका विभिन्न वडाका किशोरीहरुलाई मानव बेचविखन हुने कारण, जोखिमको न्युनिकरण गर्ने उपायहरु र कानुनी व्यवस्थाका बारेमा जानकारी गराइएको थियो ।
गुलरिया नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख शिला शाहले गुलरिया नगरपालिकाले गठन गरेको विभिन्न क्लब एवं संजालमा समेत मानव बेचविखनबारे सचेतनाका कार्यक्रम गराउँदै आएको जानकारी गराउनु भयो । किशोरीहरुले समेत गाँउघरमा अन्य व्यक्ति, घरपरिवार लगायतलाई यस विषयमा जानकारी गराउनु पर्ने बताउनु भयो । मानव बेचविखन सम्बन्धि कुनै घटना वा सुचना भए सम्बन्धित नगरपालिका, प्रहरी वा माइती नेपाल लगायतका स्थानमा खबर गर्न आग्रह गर्नुभयो ।
बर्दिया जिल्ला मानव बेचविखनको दृष्टिले जोखिम मानिएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले जानकारी दिनु भएको छ । माईती नेपालले बर्दियाको गुलरिया नगरपालिका, बढैयाताल गाँउपालिका र मधुवन नगरपालिकाको सिमानामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि आवतजावत गर्नेलाई सोधपुछ गर्ने गरेको समेत रिमालले जानकारी गराउनु भयो । कार्यक्रममा उपस्थिती जनाएका किशोरीहरुले विभिन्न खाले जिज्ञासा राखेका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले किशोरावस्था भनेको कलिलो माटो भएकाले सकारात्मक सोंचको विकास हुनपर्ने बताउनु भयो ।
कुनै अपरिचित व्यक्तिको भनाईमा नलाग्ने, समाजिक संजालको सहि सदुपयोग गर्ने तथा मानव तस्करीका तौर तरिकाबारे सचेत भई समाजमा समेत जनचेतना जगाउनु पर्ने औल्याउनु भयो । मानव बेचविखनमा संलग्नहरुले विहेको बहाना परिवर्तन गर्दै पछिल्लो समय रोजगारीको नाममा विदेश लग्ने गरेको र तेस्रो मुलक हुँदै विदेशमा वेच्ने क्रम बढ्दो रहेको खुलाशा गर्नु भयो । कार्यक्रममा सहभागी भएकी गुलरिया ५ की किशोरी निसा थारुले मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागी सिमाक्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गर्दै स्थानिय सरकार र विभिन्न संघसंस्थाहरुले सामुहिक रुपमा लाग्नु पर्ने सुझाव दिनु भयो ।
२७ °C काठमाडौं
Facebook Comments