बारबर्दिया बरघर संजालको अध्यक्षमा लालबहादुर चौधरी
चुरेकुञ्ज, ७ भदौ, बर्दिया । बारबर्दिया नगरपालिका बरघर समितिको अध्यक्षमा लाल बहादुर चौधरी (बैरागी) चयन हुनु भएको छ । दुई बर्षदेखि रिक्त रहेको समिति बैरागीको नेतृत्वमा १३ सदस्यीय कार्य समिति सर्बसम्मत चयन भएको छ ।
समितिको सहायक बरघरमा बिज बहादुर थारू, लिखनदार (सचिव) मा सुशील थारु, भण्डारिया (कोषाध्यक्ष) मा अमृता कुमारी थारु चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खुसी राम थारु, पतिराम थारु, डोगाली थारु, लोहारी थारु, रविलाल थारु, जंजिरवा थारु, राम प्रसाद थारु, कुलानी थारु र बुढ्नी थारु रहनु भएको छ ।
बारबर्दिया नगरपालिकाको जयनगरमा बिहीबार एक कार्यक्रमको आयोजना गरी बरघर संजाल गठन गरीएको हो । बारबर्दिया बरघर ऐनमा प्रत्येक बर्ष माघ महिनामा बरघर चयन गर्नुपर्ने ब्यबस्था रहेपनि विविध कारणले दुई बर्षदेखि समिति पुर्र्नगठन हुन सकेको थिएन ।
२७ °C काठमाडौं
Facebook Comments