• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
ब्यवसाय करमा छुट दिने गुलरिया नगर कार्यपालिकाको निर्णय

चुरेकुञ्ज, ७ भदौ, गुलरिया । गुलरिया नगरपालिकाको ३५ औं कार्यपालिका बैठक शुक्रवार सम्पन्न भएको छ । बैठकमा विभिन्न वडाका वडा अध्यक्ष साथै कार्यपालिका सदस्यहरूको उपस्थिति थियो । बैठकले गुलरिया नगरपालिकाका विभिन्न क्षेत्रहरूलाई समेट्दै जनमुखी निर्णयहरू गरेको छ । 

बैठकले गत आर्थिक बर्षमा व्यवसाय दर्ता गरिए तापनि ५ वर्ष भन्दा वढी समयदेखी सञ्चालनमा नरहेका व्यवसायहरूको व्यवसायिक कर तथा जरिवाना दुबै र ३ वर्ष देखी ५ वर्ष सम्म सञ्चालनमा नरहेका व्यवसायहरू लाई शतप्रतिशत जरिवाना छुट दिने निर्णय गरेको छ । सो सुविधा प्राप्त गर्नका निम्ति व्यवसायीहरूले उक्त व्यवसाय सञ्चालनमा नरहेको सार्वजनिक मुचुल्का, वडा अध्यक्षबाट प्रमाणित कागजात र बैंकिङ्ग कारोवार नगरेको स्वघोषणा पेश गर्नुपर्ने निर्णय गरिएको गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माले जानकारी दिनु भएको छ ।

बैठकले गुलरिया नगरपालिकाबाट संचालित भू–सेवा केन्द्रबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु समेत गुलरिया नगरवासीहरूका निम्ति निःशुल्क प्रदान गर्ने जनमैत्री निर्णय गरेको छ । गुलरिया नगरपालिका वडा नं. ९ खालेपुरमा रहेको सिद्धार्थ आधारभुत विद्यालय र वडा नम्बर १० मन्द्राजपुर काला बन्जरमा रहेको मथुराहरिद्वार आ.वि मा भौतिक पूर्वाधार निर्माणार्थ जग्गा अभाव रहेको र विद्यालय लगायत भौतिक पूर्वाधार निर्माण गर्न जग्गा खोजी कार्य तत्काल अगाडी बढाउने निर्णय भएको गुलरिया नगरपालिकाका प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments