डीएलए बर्दियाको अध्यक्षमा लक्ष्मी नेपाल सहितको कार्यसमिति सर्बसम्मत चयन
चुरेकुञ्ज, ७ भदौ, बर्दिया । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) बर्दियाको अध्यक्षमा लक्ष्मी नेपाल सर्वसम्मत चयन हुनु भएको छ । शुक्रवार सम्पन्न अधिवेशनले नेपालसहित ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ ।
कार्य समितिको उपाध्यक्षमा गोबिन्द प्रसाद खनाल, सचिब धर्मराज घर्ती मगर, सहसचिव देबेन्द्र राज सिग्देल, र कोषाध्यक्षमा गोपाल पोख्रेल चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सदस्यहरुमा बिश्व नाथ श्रेष्ठ, गोपाल रेग्मी, ठग्गा राम थारु, मेवा लाल चौधरी, कमल प्रसाद गुप्ता, राजेन्द्र प्रसाद यादव चयन हुनु भएको छ ।
पार्सद पदमा राधेश्याम थारु, देबिदत्त देबकोटा, ईतवारी चौधरी, बृजमोहन चौधरी, जीवन कुमार शर्मा सर्ब सम्मत चयन हुनु भएको छ । निर्वाचन सम्पन्न गर्न सन्जीव कुमार कर्णको संयोजकत्वमा कासिराम थारु र महादेव चौधरी सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति बनाईएको थियो । निर्वाचन समितिले सर्बसम्मत नव निर्बाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ ।
२७ °C काठमाडौं
Facebook Comments