• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
अमर शहिद मावि राजापुरमा कक्षा ९ को सामाजिक विषयको परिक्षा रोकियो

केशव कोईराला, ६ भदौ, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा अवस्थित अमर शहिद श्रीदशरच चन्द माध्यामिक बिद्यालयमा कक्षा ९ को सामाजिक बिषयको त्रैमासिक परिक्षा नहुँदा बिद्यार्थी मर्कामा परेका छन् । सामाजिक बिषय अध्यापन गर्ने बिषय शिक्षक नहुँदा परिक्षा रोकिएको हो । 

बिद्यालय संचालन भएको ४ महिना पुग्नै लाग्दापनी सामाजिक बिषयको अध्यापन हुन सकेको छैन । सामाजिक बिषयका बिषय शिक्षक केहि बर्ष अघि निलम्वनमा पर्दा आधारभुत तहका शिक्षकबाट काम चलाउदै आएकोमा सरुवा मिलानका बेला अन्यत्र बिद्यालयमा पठाउदा सामाजिक बिषय पढाइहुन नसकेको बिद्यालयका प्रधानाध्यापक सरोज झाले बताउनु भयो । राजापुर नगरपालिका समाजिक बिकास संयोजक सहितको टोली अनुगमनमा आएका बेला समस्या दर्साएपनी कुनै सुनुवाइ नभएको प्रअ झा बताउनु हुन्छ । 

शिक्षा शाखा प्रमुख दलवहादुर चौधरीले भुगोल जनसंख्या, स्वास्थ्य बिषयमा स्नाकोत्तर गरेका प्राबि, मावि तहका अन्य शिक्षकले सामाजिक बिषय पढाउन सक्ने भन्दै ४ पिरियड भन्दा बढी नपढाएका कारण समस्या आएको भन्दै बिद्यालय व्यवस्थापन समिती, प्रधानाध्यापक, नगरपालीका बसेर निकास निकाल्ने बताउनु भयो । 

राजापुर नगरपालिकाका सामाजिक बिकास समिती संयोजक रमेश दहीतले सबै विद्यालयहरुमा विषय शिक्षक सरकारले पुर्याउन नसकेको भन्दै विद्यालयका शिक्षकहरु मिलेर नै त्यसको व्यवस्थापन गर्ने बताउनुभयो । आफु बाहिर भएकाले के कति कारणले परिक्षा स्थगित गर्नु पर्यो बुझेर तत्काल समस्या समाधान गर्ने प्रतिकृया दिनुभयो । शिक्षा क्षेत्रमा व्यापक सुधार गरेको भन्दै नगरपालिकाका प्रतिनीधिहरुले बिभिन्न मञ्चमा भाषण गरेपनी यस्तो अवस्था आउनु निकै दुःखदायी भएको अभिभावकको गुनासो छ । 

 

सम्बन्धित समाचार

Facebook Comments