• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
धानखेतीमा रोग धपाउन थारु समुदायमा हरेरी पूजा 

विन्दु चौधरी, ६ भदौ, बाँसगढी (बर्दिया) । थारु समुदायमा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भन्ने कामनागर्दै हरेरी पूजा गर्नमा व्यस्त छन् । रोपिएको धान सप्रियोस् भनेर थारु समुदायले हरेक वर्ष हरेरी अर्थात हरिया गुर्रै पूजा गर्ने परम्परागत रही आएको छ । 

त्यहि प्रचलन अनुसार विहिबार बाँसगढी नगरपालिका वार्ड नम्बर ३ उत्तरभखारी गाउँमा धानमा लाग्ने गुभिया, गाँधी, फट्यांग्रा लगायतका शत्रु किरा धपाउनका लागि हरेरी पूजा गरेको गाउँका बुद्धिजिवी माधव प्रसाद थारुले जानकारी दिनुभयो । करिव ४ सय घरधुरी रहेको उत्तरभखारी गाउँमा देशबन्ढ्या बर्का गुर्वा टिङगु थारु, केसौका गोपाल थारु, मुल बरघर करेङगु थारु र साहायक बरघर श्रीप्रसाद थारुले गाउँको साझा देउता भुईह्यार अथावा भुमिदेवको विधिपुर्वक पुजा गर्नुभएको छ । 

विशेषगरी थारु गाउँमा हरेरी पूजा गरेपछि खेतीमा कुनै किसिमका रोग नलाग्ने जनविश्वास रहेकोे देशबन्ढ्या बर्का गुर्वा टिङगु थारुले बताउनुभयो । विहिवार पहिलो दिन थारु समुदायमा हरियो घाँसपात, बारीमा फलेको हरिया तरकारी टिपेपछि अशुभ मानिने भएकाले आजको दिन कुनै पनि कार्य नगर्ने चलन रहेको गुर्वा टिङगु थारुले बताउनुभयो । 

भोली विहान अर्थात शुक्रवार देशबन्ढ्या गुर्वाले दुध, कुश र अक्षेता मन्तरले साजेको खिरभनलाई  खेतमा पानी लाग्ने मुहानमा हालेपछि सबैको खेतमा जाने र धानबाली रोगकिरा नलाग्ने धार्मिक विश्वास रहीआएको छ । वर्षाखेतीमा पस्नुभन्दा पहिले धुरिया पुजा गरेपछि राखिएको बाजा मादल हरेरी पुजाको दिन सुम्रौटी गाएपछि बजाउन मिल्ने र नाचगान गर्ने चलन रहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments