भेरी अस्पतालका विशेषज्ञ डाक्टर रिसाल बारबर्दियामा
चुरेकुञ्ज, ६ भदौ, बर्दिया । भेरी अस्पताल नेपालगंजका फिजिसियन एवम पेट, कलेजो रोग बिशेषज्ञ तथा बरिष्ठ डाक्टर संकेत रिसालले बर्दियाको बारबर्दिया नगरपालिका १ जोधिपुरमा रहेको जनता आधारभूत विद्यालयमा पुगेर शिक्षक, विद्यार्थीलाई स्वास्थ्य परामर्श तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला उपहार दिनु भएको छ ।
आफ्नो घर बर्दिया रहेको र छिमेकी पालिका तथा पिछडा समुदायमा रहेको विद्यालयहरुको अवस्थाको बारेमा अवलोकन गर्न आउने क्रममा जनता आ.वि.मा सोही विद्यालयका प्रधानाध्यपक निरन्जन रावलको समन्वयमा डाक्टर रिसालले आफु आएको बताउनु भएको छ । साथै विद्यालय क्षेत्रका आभिभावक तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य परामर्श पनि दिनु भएको छ । आफु डाक्टर भएकोले गाँउ समुदायमा सेवा तथा परामर्श गर्दै आएको बताउनु भयो । उहाँले विद्यालयका शिक्षक तथा विपन्न परिवारका विद्यार्थीहरुलाई २५ वटा झोला उपहार दिनु भएको छ । साथै दर्जन भन्दा बढिको स्वास्थ्य अवस्था बुझी स्वास्थ्य परामर्श गर्नु भएको छ ।
विद्यार्थी र शिक्षकहरुसंग छलफल गर्दै शिक्षकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आग्रह गर्नु भएको छ । शिक्षकले एकाग्र भएर बालबालिकाहरुको भबिष्य निर्माणका लागि कसरी योगदान पुर्याउन सकिन्छ भन्ने उद्देश्यमा ध्यान दिनु पर्ने उहाँको भनाई छ । बालबालिकाहरु भनेका काँचो माटो जस्तै भएकोले जस्तो शिक्षा, संस्कार दियो त्यस्तै हुने भएकोले उनीहरुलाई राम्रो बनाउनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ । रोग लागेर उपचार गराउन जानु भन्दा रोग लाग्न नदिनु नै उत्तम बिकल्प रहेकोले सधै नै सरसफाई देखि खानपिन, नित्यकर्म, सकारात्मक रोच राख्नु पर्ने बताउनु भएको छ । डाक्टर रिसाल अहिले स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकतामा राख्दै, सामाजिक संघसंस्था संगै समाज सेवामा पनि सक्रिय रहनु भएको छ ।
२३ °C काठमाडौं
Facebook Comments