• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
कृषिमा आत्मनिर्भर बन्दै मधुवन नगरका कृषकहरु

विष्णु अधिकारी, ५ भदौ, बर्दिया । मधुवन नगपालिकाले नगरका जनतालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि वडा वडामा प्राविधिक सेवा शुरु गरेको छ । व्यवसायिक रुपमा पशुपालन गरिरहेका मधुवनका नागरिकहरुका लागि प्राविधिकहरुले घरघरमा गई पशु स्वास्थ्य सेवा दिएको मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले बताउनु भएको छ । 

मधुवन नगरपालिका कृषि शाखाले आ.ब. ०८०/०८१ मा २ हजार २ सय ९६ पशुपालक कृषकको घरगोठमै पुगि निःशुल्क प्राविधिक तथा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै कृषकलाई पशुपालनका लागि उत्साहित गर्ने कार्य गरेको उहाँको भनाई छ । मधुवन नगरपालिकामा गत आ.व.मा दुध १५ लाख ५८ हजार ५ सय १ लिटर उत्पादन भएको र १० लाख ६७ हजार १ सय ४० के.जी. मासु उत्पादन भई नगर बाहिर निर्यात भएको नगर पालिकाको तथ्याङ्क छ । मधुवन नगरपालिकामा माछा पालनको क्षेत्रफल विस्तार गरि १ हजार २ सय १५ कठ्ठामा गतबर्ष १ लाख १२ हजार ४ सय ७५ के.जी. माछा उत्पादन भएको अधिकृत गिरीले बताउनु भयो ।  

पालिका उत्पादित माछा स्थानीय बजारमा बेचबिखन भएको नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारीमा रुपान्तरण गरि गत बर्षमा ४ हजार ७ सय ६९ जना बेरोजगार व्यक्तिको निवेदन दर्ता गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ८२ जना युवालाई ५९ दिन र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत ४० जना युवालाई ९५ दिन रोजगारी उपलब्ध गराइ १ सय २२ जनालाई रोजगारी उपलब्ध गराईएको थियो । त्यस्तै मधुवन नगरपालिकाले गत आर्थिक बर्षमा भौतिक पुर्वाधारतर्फ सडक ग्राभेल अन्र्तगत १२ हजार १ सय ६० मिटर सडक ग्राभेल गरिएको छ । 

त्यस्तै ६ हजार ५ सय ७५ मिटर कालो पत्रे, ११ वटा कल्भर्ट निर्माण र ३ सय ७५ मिटर नाला निर्माण भएको नगर प्रमुख तेज बहादुर भाटले बताउनु भयो । नगरपालिकाले ४ वटा स्थानमा खेलकुद संरचना निर्माण तथा मर्मत गरेको र १० वटा सार्वजनिक संरचना निर्माण गरिनुका साथै विभिन्न स्थानमा ९३ वटा ह्युमपाईप जगान गरिएको जानकारी दिनुभयो । मधुवन नगरपालिकामा ऐतिहासिक धरोहरको रुपमा रहेका स्थान तथा पहिचान भएका पर्यटकिय क्षेत्रको विकासका लागि चालु आर्थिक बर्षमा बजेटको व्यवस्था गरि सुन्दर मधुवन बनाउने योजनालाई निरन्तरता दिइएको उहाँको भनाई छ । कार्यक्रम नितरन्तरताका लागि आफु दत्तचित्त भएर लागि परेको नगरप्रमुख भाटको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments