बन्यजन्तुबाट प्रभावित परिवारलाई राहत र विमा
यादव आचार्य, २ भदौ, बर्दिया । बर्दियामा बन्यजन्तुबाट ज्यान गुमाएका तथा घाईते ब्यक्तिका परिवारलाई राहत हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको समन्वयमा वन तथा वातावरण मन्त्रालय लुम्विनी प्रदेशले बन्यजन्तुबाट पीडित भएकाहरुको परिवारलाई राहत उपलब्ध गराएको छ ।
बर्दियामा आर्थिक बर्ष ०८०/८१ मा वनक्षेत्र अन्र्तगत वन्यजन्तुबाट भएको क्षतीको राहत अन्र्तगत मृत्युवरण गरेका ब्यक्तीको परिवारलाई ८ लाख रुपैया र घाईतेका परिवारलाई साढे १ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ का मृतक कलि वंशी मगरका छोरा प्रेम वंशी मगर, सोही वडा नम्बर ५ का मृतक गायत्री डांगीका पति नारायण कुमार डांगी, बारबर्दिया नगरपालिका वडा नम्बर ४ का मृतक सुमित थारुका पिता राम शंकर थारुलाई ८ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले बताए ।
त्यस्तै घाईते बारबर्दिया नगरपालिका वडा नम्बर ३ का साहिल सुनारको पिता प्रेम बहादुर सुनारलाई १ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको छ । मानव–वन्यजन्तु विचको द्वन्द न्युनिकरण गरेर मात्र नहुने भएकाले मानव वन्यजन्तु विच सहअस्तित्व कायम गराउन वन कार्यालय लगायत स्थानिय सरकारहरुबाट गएका सुझावहरुलाई सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्ने प्रमुख विडारीले प्रष्टपारे । समयमै वजेट अनाउदा राहत वितरणमा ढिलाई भएकोले आगामी दिनमा राहत वितरण प्रकृया सहज हुने उनको विस्वास छ ।
बन्यजन्तु प्रभावितको सामूहिक विमा
बर्दियाको मधुवन नगरपालिकाका स्थित खाता जैविकमार्ग क्षेत्रमा बसोवास गर्ने ३ वटा वडाका स्थानियको सामुहिक विमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय विमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्ज बाँके मार्फत बन्यजन्तुबाट हुने सामुहिक र्दुघटना विमा गरेको छ । लुम्विनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय वीमा धारक रही मधुवन नगरपालिका १, २ र ३ नम्बर वडामा वसोवास गर्ने १ हजार ३ सय ११ घरधुरीका ३ हजार ३ सय ९० जना महिला र ३ हजार ३ सय ६६ जना पुरुष गरी ६ हजार ७ सय ५६ जनाको प्रति ब्यक्ती २ लाख रुपैयाका दरले सामुहिक र्दुघटना विमा गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले जानकारी दिए ।
विमाको कुल ३५ करोड १२ लाख रुपैया वीमाङ्क रकम छ । अन्य कुराहरुमा पनि विमा कम्पनीहरुसँग सहकार्य जारी भएकोले विमाको थप कार्यक्रम बढाउँदै लैजाने तयारी छ । विमा अवधी २०८१ असार ३० गतेदेखि २०८२ असार २० गते सम्म १ बर्ष कायम रहने छ । भुक्तानीको लागि र्दुघटना भएको ३५ दिन भित्र विमकलाई जानकारी दिनुपर्ने ब्यवस्था तोकिएको छ । “विमालेख कायम गरेको अवधीमा विमालेखमा परिभाषित दुर्घटनाको एक मात्र प्रत्यक्ष कारणबाट बिमितलाई भएको शारीरिक क्षतिमा विमालेखको लाभको तालिकामा उल्लेख भए बमोजिमको रकम विमकले भुक्तानी पाउने ब्यवस्था तोकिएको डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत टंक गुरुङ बताउँछन् ।
दावी जालसाजीपुर्ण भए, दावीको सिलसिलामा विमालेख धारक वा विमित वा निजको तर्फबाट कार्य गर्ने ब्याक्तिले झुठ्ठा बयान दिई अनुचित लाभ उठाउन खोजे, विमा ऐन २०४९ बमोजिम विमा समितिले विमकको पक्षमा फैसला गरेको पैतिस (३५) दिनभित्र उच्च अदालतमा उजुरी नगरे विमा भुक्तानी नहुने प्रावधान छ । गुरु∙ले भने बन्यजन्तुबाट र्दुघटना भई मृत्यु वरण गरेको अवस्थामा विमा रकम २ लाख रुपैया उपलब्ध हुन्छ । लुम्विनी प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका स्थानियको सामूहिक विमा गरेपछि पीडितले समयमै राहत रकम पाउन सहयोग पुग्ने खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङको भनाई छ ।
२८ °C काठमाडौं
Facebook Comments