खगेन्द्र सुनारको 'दलितलाई खै' भन्ने आन्दोलनमा बर्दियालीको ऐक्यबद्धता
चुरेकुञ्ज, ३१ साउन, बर्दिया । दलित समुदायको अधिकारको मागराख्दै ९ दिनदेखि काठमांडौको माईतीघर मण्डलामा फलामे जन्जिरसहित 'दलितलाई खै' भन्दै शान्तिपूर्ण आन्दोलनमा रहेका खगेन्द्र सुनार प्रति समर्थनगर्दै बर्दियामा पनि ऐक्यबद्धता गरिएको छ । विहिबार बर्दियाका विभिन्न संघ संस्थामा आवद्ध अधिकारकर्मीहरुले हस्ताक्षर सहित ऐक्यवद्धताको उद्घोष गरेका छन् ।
सरकार गठन लगायत अन्य संरचनामा दलितहरुको प्रतिनिधित्व र सहभागीता हुन नसकेको अवस्थामा आफूहरुको ध्यानाकर्षण भएको भन्दै बर्दियाका अधिकारकर्मी हिमा सुनार, खिमा वि.क., नैन बहादुर सुनार, विवा वि.क., विष्णु नेपाली, विमा वि.क., रत्ना सुनार जिरा वि.क. र संगीता थापाले संयुक्त हस्ताक्षरगर्दै ऐक्यवद्धता घोषणा गरेका हुन् ।
राज्यले शान्तिपूर्ण तरिकाले गरिएको आन्दोलनमा संवेदनशीलता देखाउँदै यथाशिघ्र आन्दोलनका मागहरुलाई पुरा गर्न ऐक्यवद्धता पत्रमा उल्लेख छ । दलित अभियन्ता सुनारले गरेको आन्दोलन प्रतिनिधिमूलक भएकोले शान्तिपूर्ण आन्दोलनका मागहरु पूरा नगरिए नेपाल अधिराज्यका समग्र दलितहरु आफ्नो हक अधिकारको लागि आन्दोलनमाा उत्रनुपर्ने बाध्यात्मक अवस्था श्रृजना नगर्न ऐक्यवद्धताका सन्दर्भमा उल्लेख गरिएको छ ।
२९ °C काठमाडौं
Facebook Comments