गेरुवा गाउँपालिकामा बालिका परियोजनाको दोस्रो चरण
मुरली गोडिया, २९ साउन, गुलरिया (बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिकामा ‘शसक्त बालिका परियोजना’ को दोश्रो चरणको कार्यक्रम सञ्चालन हुने भएको छ । राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाद्वारा पालिकामा आयोजित समन्वय तथा समीक्षा कार्यक्रममा सो कुराको जानकारी दिइएको छ ।
कार्यक्रममा परियोजनाका संयोजक मनोज पौडेलले परियोजना अन्तरगत आ.ब. २०८०/०८१ (सन २०२३/०२४) मा सम्पन्न भएका क्रियाकलापहरूको लक्ष्य तथा उपलब्धीहरू र खर्च विवरण प्रस्तुत गर्नु भएको छ । गेरुवा गाउँपालिकामा करिव २२ लाख रुपैया खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नु भयो । सोही कार्यक्रममा २०८१/०८२ (सन २०२४/०२५) मा परियोजना मार्फत गरिने क्रियाकलापहरू तथा लक्षित बजेटको बारेमा जानकारी गराउँदै परियोजनाको दोस्रो चरणमा १८ लाख वढी रकम खर्च गरिने जानकारी दिनु भयो ।
परियोजनाले समेटेका विद्यालय र समुदायका बालबालिका, किशोर किशोरी तथा युवाहरू साथै विशेषगरी किशोरी र युवा महिलाहरू आफ्नो अधिकारको बारेमा जानकार भई बालविवाह, छिटो विवाह र जबरजस्ती विवाहबाट मुक्त भई स्वतन्त्र रुपमा जीवनयापन गर्न सफल हुने परियोजनाले लक्ष्य लिएको छ । परियोजनाले प्रारम्भिक बाल विकास, बाल संरक्षण, बाल अधिकार, शिक्षा, स्वास्थ्य तथा पोषण, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैङ्गिक समानता तथा न्याय, संरक्षण मानवीय कार्य, नेतृत्व विकास, खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा विविध कृयाकलापहरू गरिने संस्थाले जनाएको छ । ‘शसक्त बालिका परियोजना’ बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी सञ्चालनमा रहेको छ ।
परियोजना जुन २०२५ सम्म सञ्चालनमा रहने बताईएको छ । परियोजनाले गेरुवा गाउँपालिकाको शैक्षिक स्तर सुधार गर्नमा महत्वपूर्ण भुमिका निर्बाह गरेको, बिद्यालयमा शिक्षणसिकाई क्रियाकलापलाई प्रभाबकारी बनाउनमा राम्रो सहयोग भएको र परियोजनाले गरेका राम्रा अभ्यासहरुलाई सम्पूर्ण सरोकारवालाहरुले जिम्मेवारीबोध सहित काम गर्नुपर्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले बताउनु भयो । कार्यक्रममा पालिका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखा प्रमुखहरु तथा प्रतिनिधीहरु, संस्थाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।
२९ °C काठमाडौं
Facebook Comments