• १० वैशाख २०८३, बिहिवार
  • २९ °C काठमाडौं
दलित महिला उत्थान संघ बर्दियाको अध्यक्षमा खिमा वि.क. पुनः सर्बसम्मत

चुरेकुञ्ज, २८ साउन, बर्दिया । दलित महिला उत्थान संघ बर्दियाको अध्यक्षमा खिमा वि.क. पुनः सर्बसम्मत चयन हुनु भएको छ । सोमवार संस्थाको ८ औं अधिवेशनले ९ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।

अधिवेशन सम्पन्न गर्न कानून ब्यवसायी केशव जीसीको संयोजकत्वमा संगिता थापा र टीका शंसेली सम्मिलित ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । समितिको उपाध्यक्षमा लालसार वि.क., महासचिव लक्ष्मीकुमारी बराईली, कोषाध्यक्ष विवा वि.क. र सचिवमा हिरा रसाईली चयन हुनु भएको निर्वाचन मण्डलकी सदस्य संगिता थापाले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा कल्पना वि.क. नेपाली, यु कुमारी बैगार, विर्मा वि.क. र रत्ना सुनार चयन हुनु भएको छ । 

सचिव र ३ जना सदस्य नयाँ चयन भएको र बाँकी समितिमा पुरानै दोहोरिएको सदस्य थापाको भनाई छ । पूर्व उद्योग राज्यमन्त्री एवम् नेकपा एमालेकी नेतृ विमला विकको प्रमुख आतिथ्यतामा गरिएको २३ औं साधारण सभा तथा ८ औं अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधनगर्दै प्रमुख अतिथी विकले दलित महिला उत्थान संघले समुदाय रुपमान्तरणमा खेलेको भूमिका प्रति सहना ब्यक्त गर्नुभयो । संस्थालाई अझै उचाईमा पुर्याउन सधै साथ रहने प्रतिवद्धता ब्यक्तगर्दै समुदायलाई मजवुत बनाउन लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले उद्घाटन शत्रमा शुभकामना ब्यक्तगर्दै दलित महिला उत्थान संघ बर्दिया अब्बल संस्थाको रुपमा पहिचान बनाएको बताउनु भयो । कार्यक्रममा मानव अधिकार संजाल बर्दियाका अध्यक्ष कृष्ण पाठक, गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष प्रिज्मा सिंह थारु, नागरिक समाज सञ्जाल बर्दियाका संयोजक हिमा सुनार, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले शुभकामना दिनु भएको थियो । 
कार्यक्रममा संस्थाकी कार्यक्रम संयोजक विष्णु नेपालीले गरेका कार्यक्रमहरुको प्रगती प्रस्तुत गर्नु भएको थियो । संस्थाको बन्द शत्रमा सचिवले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यले पेश गर्नु भएको लेखा प्रतिवेदन उपर ब्यापक छलफल गरी बहुमतले पारित गरेको छ । संस्थाकी कोषाध्यक्षले स्वागत मन्तब्य गर्नुभएको कार्यक्रम जिरा विकले संचालन गर्नु भएको हो ।

सम्बन्धित समाचार

Facebook Comments