• १० वैशाख २०८३, बिहिवार
  • २९ °C काठमाडौं
विश्वमा नेपालको सामुदायिक वन बिकासको सिको

मुरली गोडिया, २७ साउन, गुलरिया (बर्दिया) । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष मोहम्मद कर खाँले नेपालका वन क्षेत्रको विकासमा सामुदायिक वनको अतुलनिय योगदान रहेको बताउनु भएको छ । बर्दियामा सामुदायिक वन दिवसको अवसरमा गरिएको बृक्षारोपण तथा अन्र्तक्रिया कार्यक्रममा त्यस्तो बताउनु भएको हो ।  

नेपालमा सामुदायिक वन विकासका निम्ती आम उपभोक्ताले गरेको कार्य सह्रनिय भएको उल्लेखगर्दै खाँले वन्यजन्तुबाट पीडित हुँदाहुँदै समेत भावी सन्तती र नेपालको बाताबरणीय सन्तुलन कायम राख्न समुदायको महत्वपुर्ण भूमिका दोहोर्याउनु भयो । पछिल्लो समय नेपालमा सामुदायिक वनको बिकासलाई हेरि विश्वका अन्य देशले समेत सिक्ने गरेको हँुदा गौरवको विषय भएको प्रष्ट पार्नु भयो । उपभोक्ताहरुको अथक प्रयासबाट नै नेपालमा रहेको वनको कुल क्षेत्रफल ३९ प्रतिशात बाट ४६ प्रतिशातमा बृद्धि गर्न सफल भएको उहाँको दाबी छ । 

अबको यात्रा भनेको सामुदायिक मार्फत नै समृद्धिमा लाग्नुपर्ने बताउँदै आउँदो युवा पुस्तालाई रोजगारीका निम्ती बिदेश जानबाट रोकी सामुदायिक वनमा आवद्ध गराई आर्थिक उपार्जनका क्रियाकलापमा संलग्न गराउने अभियानको अवश्यकता रहेको औल्याउनु भयो । उपाध्यक्ष खाँको प्रमुख आतिथ्यतामा गुलरिया स्थीत सन्तोषी सामुदायिक बनमा बृक्षारोपण एवं सामुदायिक भवनमा अन्र्तक्रिया कार्यक्रम भएको थियो । दिवसका अवसरमा शुभकामना दिंदै डिभिजन वन कार्यलय बर्दियाका प्रमुख प्रबिण बिडारीले सम्पुर्ण सामादायिक बन अभियन्ता एवं उपभोक्तालाई बन संरक्षणमा अझै योगदान दिन क्षमताको विकासका लागी शुभकामना दिनु भयो । 

सामुदायिक बन आम नागरिकको सम्पुर्ण जनजिबिका सङ्ग सम्बन्धित रहेको र कसरी वनबाट फाइदा लिने भन्ने विषयमा सरकारले विभिन्न नागरिक मैत्री कार्यक्रमहरु ल्याइरहेको जानकारी गराउनु भयो । नेपालमा सामुदायिक वनको महत्व बारे प्रष्टपार्दैै प्रमुख विडारीले सामुदायिक वन जोगाउन विभिन्न चुनौती समेत रहेको सुनाउनु भयो । वन संरक्षण एवं बन मार्फत स्थानियलाई सहज हुने कार्यक्रम तथा सहयोगका लागी वन कार्यालय तयार रहेको रबताउँदै डिभिजन वन कार्यलय सधै समुदायिक वनको उपभोक्ताहरुको हितका लागी कार्य गरि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

दिवसका अवसरमा गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बर्दियाका अध्यक्ष गोपाल प्रसाद चौधरीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा गैर सरकारी संस्था महासंघका प्रतिनिधी विनोद लामीछाने लगायत सामुदायिक वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बर्दियाको आयोजना र डिभिजन वन कार्यलय बर्दियाको समन्वय र सहयोगमा बर्दियाको गुलरियामा बृक्षारोपण सहित अन्र्तक्रिया कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण तेजेन्द्र सिग्देलले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments