• १० वैशाख २०८३, बिहिवार
  • २९ °C काठमाडौं
शिक्षा र स्वास्थ्यको क्षेत्रमा फड्कोमार्दै ठाकुरबाबा नगरपालिका

विष्णु अधिकारी, २४ साउन, बर्दिया । ठाकुरबाबा नगरपालिकाले सामाजिक विकास अन्तर्गत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी बढाएको छ । पालिकाले लगानी बढाएसँगै शिक्षा र स्वास्थ्य क्षेत्रले फड्को मारेको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफल तुरुन्तै नदेखिएता पनि भविष्यमा यसले समाजमा राम्रो प्रतिफल दिने भएकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएको बताउनु भएको छ । सामाजिक विकास तर्फ आर्थिक वर्ष ०८०/०८१ मा ३५ करोड ५९ लाख १० हजार १ सय ८२ रुपैया विनियोजित बजेट मध्ये ३२ करोड ७५ लाख ३ सय ८४ रुपैया खर्च गरेको छ । जसमध्ये शिक्षा तर्फ २६ करोड, १२ लाख, ४१ हजार ८७० रुपैया र स्वास्थ्य क्षेत्रमा ६ करोड २९ लाख ६० हजार ८ सय ४७ रुपैया खर्च भएको आर्थिक बर्ष ०८०÷०८१ को प्रगती समिक्षा कार्यक्रममा नगरप्रमुखले बताउनु भयो ।  

सामुदायिक विद्यालयका विद्यार्थीहरुमा एक रुपता ल्याउनका लागि नगरका सम्पुर्ण विद्यालयमा एकै किसिमका पोशाक लागुगर्दै टाई, वेल्ट र जाडोमा लगाउने ट्रयाकसुट निःशुल्क उपलब्ध गराउँदै आएको छ । ठाकुरबाबा नगरपालिकाले १० बर्षे शिक्षा योजना, विद्यालय दर्पण स्थानीय पाठ्यक्रम र स्रोत सामाग्री संगालो, नगर शिक्षा ऐन, नियमावली र कार्यविधि बनाएर लागु गरिसकेको छ । 

सामुदायिक विद्यालयमा ४ वटा बसको व्यवस्थापन र कक्षा १० सम्म सबैका लागि र कक्षा १२ सम्म लक्षित समुहका लागि निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयमा स्कुल बस थप्दै जाने योजना रहेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनु भयो । सबै शिक्षकलाई आइसिटि साक्षर बनाउने अभियान अन्तर्गत बर्र्षे विदामा शिक्षकलाई कम्प्युटर तालिमको व्यवस्था गरी तालिम दिइने निति ठाकुरबाबा नगरपालिकाले लिएको अधिकृत रिजालको भनाई छ । 

ठाकुरबाबा नगरपालिकाले दिगो तथा सम्मानित रोजगारीका लागि ९ वटै माध्यमिक विद्यायमा वृत्तिमार्ग निर्देशन कक्षा संचालनगर्दै १० महिने स्वरोजगार तालिम संचालनमा ल्याएको छ । स्वरोजगार तालिममा प्रोफेसनल कुक तालिम २० जना हलुका सवारी साधन मर्मत तालिम २० जना, कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ तालिम २० जनालाई, प्रोफेसनल एकाउन्टेन्ट तालिम २० जना लाई स्वरोजगार तालिम संचालन भएको नगरपालिकाले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments