अब बर्दियामा बसको टिकट अनलाईनबाट बुकिङ
यादव आचार्य, २२ साउन, बर्दिया । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.लि. गुलरियाले विद्युतिय माध्यमद्वारा बसको अनलाईन टिकट बुकिङ एप संचालनमा ल्याएको छ । मोवाईल एप संचालनमा आएसँगै प्रालिले संचालन गरेका लामो दुरीका वसहरुमा यात्रुहरु आफैले रोजेर टिकट काट्न सक्नेछन् ।
विक्रम सम्बत २०५७ सालदेखि विभिन्न नाममा संचालनमा रहेको समितिले प्रालिमा रुपान्तरण भए पश्चात समयको माग र यात्रुहरुको गुनासोलाई सम्बोधनगर्दै यात्रुको चाहाना अनुरुपको प्रविधिमैत्री ई–टिकट वुकिङ सेवा बर्दियामा पहिलो पटक शुरु गरिएको प्रालिका अध्यक्ष रवि मल्लले बताए । सेवा सुचारु भएको छ । यात्रुले घरमै बसेर वा कुनैपनि ठाउँबाट रोजेको गाडी र सीटको टिकट आफूले चाहेको बेला सहजै काट्न सकिने प्रष्टपार्दै उनले भने, बर्दिया आउने र बाहिर जाने यात्रुहरुलाई सजिलो हुने हाम्रो विस्वास छ ।
एप मार्फत टिकट काट्ने ब्यवस्था भएसँगै यात्रुहरु लाईनमा वस्नुपर्ने, सिट डबल पर्ने लगायतको समस्या समाधान हुने विस्वास दिलाउँदै अध्यक्ष मल्लले थपे, पहिलो पटक सेवा शुचारु गरेका छौं । कमी कमजोरी भए यात्रुहरुको सुझावको आधारमा एपलाई परिमार्जनगर्दै लैजान्छौ । यसमा सबैको सहयोग र साथको जरुरी छ । समय अनुसारको सेवाहरु थपगर्दै लैजाने प्रालिको योजना रहेको उनले सुनाए । एप संचालनमा आएपछि स्थानियहरु खुशी भएका छन् ।
मोवाईल एपबाट टिकट काट्न नसक्ने यात्रुहरुले समितिका विभिन्न काउन्टरहरुमा पुगेर टिकट काट्न सक्ने ब्यवस्था मिलाईएको प्रालिका पूर्व अध्यक्ष एवम् नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव शम्भुप्रसाद रिजालले बताए । ई–सेवा बाहेक सबै सेवा प्रदायकबाट टिकटको भुक्तानी गर्न सकिने उनको भनाई छ । पश्चिम नेपालमै पहिलो पटक बर्दियामा अनलाईन टिकट वुकिङ सेवा शुचारु भएको दावीगर्दै रिजालले थपे एपमा आउने त्रुटीहरु सच्चाउँदै लैजान्छौ । टिकट काट्नको लागि ‘बर्दिया कृष्णसार यातायात’ नामक एप प्लेस्टोरमा गई डाउनलोड गर्न सकिन्छ ।
समय परिवर्तनसँगै प्रालिलाई प्रविधि र यात्रुमैत्री बनाउँदै बर्दिया, काठमांडौ लगायत चल्ने लामो दुरीको वसहरुमा यात्रुहरुलाई सुतेर जान सक्ने किसिमका बसहरु संचालन गर्ने योजना उनले सुनाए । सेवा गुणस्तरिय र दीर्घकालिन बनाउन पूराना गाडीहरुलाई सुधारगर्न निर्देशन दिएका छौं । कर्मचारीहरुलाई यात्रुमैत्री मुस्कान सहितको सेवा दिनको लागि तालिमसँगै व्यवहार परिवर्तनमा ध्यान दिएको उनको भनाई छ । यात्रुहरुको धेरै गुनासो आउन थालेपछि कृष्णसार यातायात ब्यवसायी प्रालिले गुणस्तर सुधारमा ध्यान दिएको बताईएको छ ।
२९ °C काठमाडौं
Facebook Comments