बारबर्दियामा रुद्राभिषेक एवम् शिव महापुराण शुरु
मुरली गोडिया, २२ साउन, गुलरिया (बर्दिया) । बर्दियाको बारबर्दिया नगरपालिकामा साप्ताहिक रुद्राभिषेक एंवम शिव महापुराण शुरु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ५ मगरागाडी स्थित श्रीसदाशिव मन्दिरमा विश्व शान्तिका लागि साझा अभियान नेपालको सहयोग र “श्री सदाशिव साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराण २०८१” को आयोजनामा कार्यक्रम गरिएको छ ।
महापुराण सावन २८ गते सम्म हुने जनाईएको छ । कार्यक्रमको शुभारम्भमा बोल्दै बारबर्दिया नगरपालिकाकी नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले बारबर्दियामा बाह्य र आन्तरीक पर्यटक भित्राउन स्थानिय सरकारले धार्मिक स्थल निर्माणको लागी पहल गर्न आवश्यक रहेको स्मरण गर्नुभयो । धार्मिक स्थान, भौतिक पूर्वाधारहरुको अबलोकन गरी आर्थिक वर्ष ०८१/०८२ का लगि संभावित कार्यक्रम समेटिने बताउनु भयो । सदाशिव मन्दिर बारबर्दिया नगरपालिकाको एक प्रमुख चिनारी भएकोले संरक्षणमा विशेष ख्याल गर्नुपर्ने पाण्डेले सुझाव दिनु भयो ।
मन्दिरको थप उन्नतीको लागी स्थानिय सरकार र स्थानिय बासीको सहयोग चाहिने मन्दिर व्यवस्थापन समितीको अध्यक्ष छेदादास थारुले बताउनु भयो । साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराणको सफलताको लागी सम्पुर्ण भक्तजनहरुले तनमन देखी नै लाग्न आग्रह गर्नुभयो । सोमबार कलशयात्रा निकालि नगरका शिवालयहरुको परीक्रमा गरि बबई नदी जब्दी घाटबाट पबित्र जल लग्ने कार्य गरिएको छ । मन्दिर रहेको स्थानमा वर्षौ पहिले उक्त क्षेत्र वन जंगलले भरिएको थियो ।
बन्जाराहरु लुकेर बस्ने रातिमा शंख घन्टी बजेको अवाज बन्जाराहरुले सुनेर हेर्न जाँदा शिवलिङ्घ देखिएको र यहि ढुंगाबाट आवाज आएको भन्दै तलवार प्रहार गर्दा शिवलिङ्घ बिच भागबाट काट्टीयो । ढुगोबाट रगत निस्किएको देखेपछि बन्जाराहरु भागेको र स्थानियहरुले जानकारी पाएपछि शिवलिंग भएको खुलासा भएको हो । सदियौं पहिले भगवान शिवले यो शिवलिङ्घ आफै स्थापना गरेको मन्दिर व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष मोहन थारुले बताउनु भयो । श्रीमद् शिव महापुराण २०८१ को पाठ अन्र्तराष्ट्रिय मुख्य कथाबाचक श्रीकिशोर शरण सुबेदीद्वारा गरीएको छ । महापुराणबाट संकलित सहयोगले मन्दिरको बिकासका खर्च गरीने बताईएको छ ।
२९ °C काठमाडौं
Facebook Comments