बर्दियामा एसईई ग्रेडबृद्धि पुरक परिक्षाको केन्द्र तोकियो
विन्दु चौधरी, २१ साउन, बाँसगढी (बर्दिया) । माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि पुरक परीक्षाका लागि बर्दियामा ११ वटा परीक्षा केन्द्र कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका अनुसार जिल्लाका ११ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको हो ।
परीक्षा साउन २३ गते बुधवारदेखि शुरु हुदैछ । एसईईको परीक्षाफलमा सबै विषयमा ’नन–ग्रेडेड’ भएका विद्यार्थीले साउन २३ देखि ३१ गतेसम्म लगातार ९ दिन ग्रेड वृद्धिका लागि मौका परीक्षा दिने व्यवस्था गरेको शिक्षा विकास तथा समन्वय ईकाई बर्दियाका प्रमुख सूर्य बहादुर खत्रीले जानकारी दिनुभयो । परीक्षामा जिल्ला ११६ विद्यालयका २ हजार ४ सय ९६ जना छात्रा र १ हजार ८ सय ५८ जना छात्र गरी जम्मा ४ हजार ३ सय ५४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख खत्रीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा सबैभन्दा बढि विद्यार्थी विज्ञान विषयमा परीक्षा दिने भएका छन् । विज्ञान विषयमा तीन हजार तीन सय ४८ जना, गणित विषयमा तीन हजार २ सय ९० जना, अग्रेजी विषयमा दुई हजार ४५ जना विद्यार्थी परीक्षा दिदैछन् । त्यस्तै सामाजिक विषयमा एक हजार ५ सय ८८ जना, ऐच्छिक प्रथम दुई हजार एक सय ६६ जना, ऐच्छिक द्धितिय एक हजार एक सय ७ जना प्ररिक्षार्थी सहभागि हुने समन्वय ईकाई प्रमुख खत्रीले जानकारी दिनु भएको छ ।
२९ °C काठमाडौं
Facebook Comments