• १० वैशाख २०८३, बिहिवार
  • २९ °C काठमाडौं
बर्दिया राष्ट्रिय निकुञ्ज बाघको दोस्रो ठूलो बासस्थान

यादव आचार्य, २० साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज नेपालमै पाटेबाघको लागि दोस्रो ठूलो वासस्थान र संख्या भएको क्षेत्र बनेको छ । चितवनमा १ सय २८ वटा पाटेबाघ हुँदा बर्दियामा चितवनकै हाराहारीमा १ सय २५ वटा पाटेबाघ छन् । 

जैविकविविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ वटा पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म ३ गुणा बढेको छ । बाघसँगै अन्य बन्यजन्तुको बृद्धिले मानव बन्यजन्तु बिचद्वन्द समेत बढेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेले बताउनु भयो । निकुञ्ज कार्यालयका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत २ बर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ । तर बन क्षेत्रमा बाघले गतिविधि बढाएको पाईन्छ ।

बाघ पाईने देशहरुले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ संरक्षण गर्ने प्रतिवद्धता गरेसँगै नेपाल बाघको संख्या बढाउन सफल भएको छ । बाघ बढेसँगै दीगो संरक्षणको चुनौती पनि थपिएको छ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर २९ जुलाईमा बाघ दिवस मनाईन्छ । ‘अब चाही  बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित यसबर्षको बाघ दिवस मनाईदा मानव–बाघ विचको द्वन्द थप चुनौतीपूर्ण बन्दै गएको पाईन्छ । 
    
बाघ लगायतका बन्यजन्तु बढेसँगै यिनीहरुको बासस्थान ब्यवस्थापन, समुदायमा सचेतना, मानव बन्यजन्तुविच द्वन्द रोक्न विद्युतिय तारवार, कंक्रिट वाल लगायतका पूर्वाधारहरु सँगसँगै ब्यवस्थापन गर्नुपर्ने भएतापनि श्रोत साधनको अभावमा निकुञ्जले आवस्यक कार्यहरु गर्न नसकेको अधिकृत वाग्ले बताउनुहुन्छ । वन जंगलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको संख्या बढेसँगै खाता जैविकमार्ग एवम् वन क्षेत्रमा बाघको बिचरण पनि बढेको छ । 

गत बर्ष बन क्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी ५ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टंक गुरु∙ले बताउनु भयो । बाघबाट वनक्षेत्रमा मानविय क्षतीको परिमाण बढ्दै गएको छ । उहाँले भन्नुभयो, मानविय ब्यवहार परिवर्तन गर्न नसके घटना अझै बढ्न सक्छ । बन्यजन्तु भएका क्षेत्रमा मानवविय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्पहरु गर्दै आएकोले चालु वर्षमा मानव बन्यजन्तु द्वन्द न्युनिकरण गर्न विभिन्न तयारी गरेको उहाँ बताउनु हुन्छ । 

 

सम्बन्धित समाचार

Facebook Comments