• १० वैशाख २०८३, बिहिवार
  • २९ °C काठमाडौं
बर्दिया अदालतमा सम्बन्ध विच्छेदका मुद्धाको चाङ 

यादव आचार्य, २० साउन, बर्दिया । बर्दिया जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । बर्षभरी दर्ता भएका विभिन्न मुद्धाहरु मध्ये सम्बन्ध विच्छेदको मुद्धा बढी दर्तासँगै फैसला पनि भएका छन् । 

आर्थिक बर्ष ८०/८१ मा बर्दिया जिल्ला अदालतमा विभिन्न शिर्षकमा २ हजार ११३ वटा मुद्धाको वास्तविक लगत रहेकोमा सम्बन्ध विच्छेदको मुद्धातर्फ जिम्मेवारी सरेको १ सय ३०, नयाँ दर्ता ४ सय ४४ गरी ५ सय ७४ वटा मुद्धाको लगत कायम रहेको बर्दिया जिल्ला अदालतकी शाखा अधिकृत अमृता के.सी.ले बताईन् । सम्बन्ध विच्छेदतर्फको लगत मुद्धा मध्ये ४ सय ४८ वटा मुद्धा गत आषाढ मसान्त भित्र फैसला भैसकेको र १ सय २६ वटा मुद्धा फैसला गर्न बाँकी छन् ।

उनले भनिन् नयाँ दर्ता मुद्धाको सबैभन्दा धेरै ३१ दशमलव ८२ प्रतिशत मुद्धा सम्बन्ध विच्छेदको दर्ता भएको र ३४ दशमलव ३० प्रतिशत मुद्धा फर्छौट भएका छन् । बर्दिया जिल्ला अदालतका जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीका अनुसार सम्बन्ध विच्छेदका मुद्धा बढ्दै गैरहेको छ । आर्थिक विपन्नता, वैदेशिक रोजगारी, पारिवारिक बेमेलका कारण सम्बन्ध विच्छेदका मुद्धामा बृद्धि भएको हो । पछिल्लो समय बालविवाह पनि सम्बन्ध विच्छेदको कारक बन्दै गएको छ । समग्रमा बर्दिया जिल्ला अदालतमा मुद्धा दर्ताको संख्या बर्षेनी बढेको छ । 

आर्थिक वर्ष ७८/७९ मा मुद्धाको कुल लगत १ हजार ८७५ मध्ये १ हजार ११० वटा मुद्धा फर्छौट भएका छन् । त्यस्तै ७९/८० को लगत १ हजार ९५५ मध्ये १ हजार २३७ वटा मुद्धा फर्छौट भएका छन् । गत आर्थिक बर्ष ८०/८१ को मुद्धाको कुल लगत २ हजार ११३ मध्ये १ हजार ३१० (६२ प्रतिशत) मुद्धा फर्छौट भएको अधिकृत केसीको भनाई छ । जसमध्ये १ हजार ३६८ मुद्धा फर्छौटको लक्ष्य थियो । गत बर्षको ८०३ वटा मुद्धा फर्छौट हुन बाँकी छन् । 

बर्दिया जिल्ला अदालतमा न्यायाधीश कमलप्रसाद ज्ञवाली र टेकराज जोशीको ईजलाश मार्फत न्याय सम्पादनहुँदै आएको छ । न्यायाधीश कैलासप्रसाद सुवेदीले लक्ष्य अनुसारको ६८४ वटा मुद्धा मध्ये २५५ वटा मुद्धा फर्छौट गरी उच्च अदालतमा बढुवा भई गए पश्चात जिल्ला न्यायाधिश ज्ञवालीको इजलासमा ३६५ वटा मुद्धा फर्छौट भएका छन् । सरुवा बढुवाको प्रकृयाका कारण न्यायाधीश ज्ञवालीको ईजलाशमा लक्ष्य अनुसार मुद्धा फर्छौट हुन सकेन ।  त्यस्तै न्यायाधिश टेकराज जोशीको इजलाशमा लक्ष्य अनुसारको ६ सय ८४ मुद्धामध्ये लक्ष्य भन्दा ६ वटा बढी ६ सय ९० वटा मुद्धा फर्छौट भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments