• १० वैशाख २०८३, बिहिवार
  • २९ °C काठमाडौं
करेलिया उपभोक्ता समितिको अध्यक्षमा राजकुमार अधिकारी निर्वाचित

चुरेकुञ्ज, २० साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र करेलिया उपभोक्ता समितिको अध्यक्षमा राजकुमार अधिकारी निर्वाचन हुनुभएको छ । जम्मा १८ मतदाता रहेकोमा अध्यक्ष पदमा राजकुमार अधिकारीले ११ मत ल्याएर बिजय हुनु भएको हो ।

उहाँको प्रतिस्पर्धी हिम बहादुर अधिकारी ले ७ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष पदमा देवराज खत्रीले १० मत ल्याई बिजय हुनु भएको छ । उहाँको प्रतिस्पर्धी झुपलाल अधिकारीले ८ मत ल्याउनु भएको छ । सचिव पदमा खुशिराम थारुले ११ मत ल्युनु भएको छ । उहाँको प्रतिस्पर्धी राम बहादुर चौधरीले ७ मत ल्याउन भएको छ । कोषाध्यक्ष पदमा रुपा वौडेलले ११ मत ल्याएर बिजय हुनु भएको छ, उहाँको प्रतिस्पर्धी सोमरानी थारुले ७ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि ९ जना सदस्य सर्वसम्मत छनौट गरी १३ जनाको समिति गठन गरिएको निर्वाचन अधिकृत तथा बारबर्दिया नगरपालिका वडा न १ का वडाअध्यक्ष कैलासपती थारुले जानकारी दिनु भएको छ ।

बैशाखमा गर्नु पर्ने पुर्नगठन विविध कारणले ढिलाई भएको समितिका पुर्व अध्यक्ष खुशराम थारुले बताउनु भयो । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत १९ वटा समितिमा बैशाख महिनामा पुनर्गठन गरिसक्नु पर्नेमा शिवपुर उपभोक्ता समिति र गेरुवा गाउँ पालिकामा पर्ने ४ वटा समिति गरि जम्मा ५ समितिमा पुनर्गठन हुन सकेको छैन । तत्काल केही दिनमै बाँकी रहेका समिति पनि पुर्नगठन हुने अन्तिम चरणमा पुगिसकेको बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनु भयो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यक्रम अधिकृत निलकण्ठ कडेल, जनप्रतिनिधि र बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments