भोजपुर स्थित जलविद्युत आयोजनमा कार्यरत बाढीमा बेपत्ता बर्दियाका मदुरको शव भेटियो
केशव कोईराला, १७ साउन, बर्दिया । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकामा बाढीले बगाएर बेपत्ता भएका एक जना मजदुरको शव फेला परेको छ । साल्पासिलिछो–४ गोथे बजारमा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका–३ का ३० वर्षीय रमेश थारुको शव अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिनुभयो ।
इखुवा खोलाको बाढीले इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई जना मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु अहिलेसम्म बेपत्ता हुनुहुन्छ । उहाँको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताउनुभयो । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयवासीले उद्धार गरेका थिए ।
२९ °C काठमाडौं
Facebook Comments