• १० वैशाख २०८३, बिहिवार
  • २९ °C काठमाडौं
राजापुर नगरमा विपद्जन्य सूचना दिन मोवाईल एप्स बनाईने

केशव कोईराला, १६ साउन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकाका बासिन्दाहरुका लागी, मौसम, बाढी, तापक्रमजन्य सूचना दिने मोवाइल एप्स बनाइने भएको छ । युएसएड जल जंगल कार्यक्रम अन्र्तगत  द स्माल अर्थ नेपाल सँस्थालेसरोकारवालाहरु सँग गरेको छलफल गोष्ठीमा सोवारे जानकारी गराइएको छ । 

मौसम पुर्वानुमान प्रणाली र त्यसको पहुँच स्थानीय समुदायमा अझ प्रभावकारी बनाउने उदेश्यले छलफल गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा मौसम, जलवायू र कृषी मौसम बिज्ञान सम्वन्धी सहभागीहरुको बुझाइ, कृषीमा मौसम तथ्यांक र पूर्वानुमानमा बर्तमान अवस्था, सुचना प्रबिधिको बुझाइ र प्रयोगबारे सहभागीहरुको राय संकलन गरिएको छ । कार्यक्रमको उदेश्यबारे प्रकास पार्दै सँस्थाका कार्यक्रम संयोजक निरन्जन बिष्टले मौसमको सुचनाको प्रभावकारीता, मौसमी सुचनाको महत्व बारे बताउनुभयो । 

कार्यक्रममा जल जंगल परियोजनाकी बरिष्ठ अधिकारी अस्मीता ओझाले जल जंगल परियोजना मार्फत बन बन्यजन्तु र जैविक बिविधतामा शुद्धता, बातावरणीय अपराधको रोकथाम तथा नियन्त्रण र प्राकृतीक श्रोतको संरक्षण आशातित परिणामहरु, जलवायु उत्थानशिल मुख्य उदेश्य रहेको जानकारी गराउनुभयो । कार्यक्रममा स्माल अर्थ नेपालको परिचय, उदेश्यबारे सँस्थाका टिम लिडर डाक्टर धिरज प्रधानाङ्गले सहजीकरण गर्नुभयो । 

कृषी र जनजीविकाको सवालमा हावाहुरी, बाढी, डढेलो, चट्याङ्ग, तापक्रमले के कस्तो र कुन समयमा असर पारेको छ सोवारे सहभागीहरु माझ सामुहिक कार्यगराई प्रस्तुत गरिएको छ । रिर्सच असिस्टेन्ट त्रि बिक्रम बस्नेतले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथीमा राजापुर नगरपालीका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेल रहनुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments