• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
यस्ताछन् प्रहरीले नियन्त्रणमा लिएका धातुका मूर्ति तथा सामाग्री

चुरेकुञ्ज, १३ साउन, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले भारी मात्रामा धातुको ऐतिहासिक सामाग्रीहरु नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च १६९७ नम्बरको बलेरो गाडी चेकजाँचका क्रममा १४ पोका ऐतिहासिक सामाग्रीहरुसहित मानिसलाई नियन्त्रणमा लिएको हो । 

सामाग्री ढुवानी गर्ने गाडी चालक बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुर बस्ने २१ बर्षिय संजय राढ, सहयोगी भारतको वहराईच जिल्ला लौकाही बस्ने बर्ष ४८ को जब्बर खाँ बलेरो गाडी र अवैंध रुपमा लैजादै गरेको ऐतिहासिक सामाग्रीहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

प्रहरीले देवी भगवतीको पहेलो धातुको मूर्ति, नरसिंह देवको पहेलो धातुको मुर्ती, बायुपंखी गाईको धातुको मूर्ति, सिंहको पहेलो धातुको मूर्ति १÷१ थान, नन्दीको पहेलो धातुको मूर्ति ४ थान,  नन्दीको कालो धातुको मूर्ति, भ्यागुताको पहेलो धातुको मूर्ति, फूलदानी पहेलो धातुको, करुवा ठूलो कालो धातुको, करुवा सानो कालो धातुको कलस सानो पहेलो धातुको १÷१ थान बरामद गरेको छ । पानी पिउने प्याला पहेलो धातुको, पानस दियो ठूलो पहेलो धातुको, घण्ट ठूलो कालो धातुको, सन्दुक सानो धातुको १÷१ थान र टुकी कालो धातुको ११ थान बरामद गरेको डीएसपी अर्यालले बताए । 

त्यस्तै खड्करो ठूलो र सानो कालो धातुको ५÷५ थान, कमल खड्करो सानो पहेलो धातुको ६ थान, कसौडी ठूलो कालो धातुको ८ थान, कसौडी मझौला कालो धातुको ७ थान, कसौडी सानो कालो धातुको १४ थान, पानी फुलदानी भाडा धातुको २ थान, कसौडी राख्ने तलुवा धातुको २ थान र कचौरा पहेलो धातुको ३ थान बरामद गरिएको छ । प्रहरीले ठूलो मात्रामा अटोमोवाईलका सामाग्रीहरु समेत बरामद गरेको छ । 

बरामद सामाग्री तथा मानिस नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालले बताए । उनले भने महँगो मुल्यका पौराणीक मूर्ति लगायत भाँडाकुडाका सामाग्री छन् । भारतबाट ल्याई जमा गरेको हुनसक्छ । हामीले पुरातत्व विभागमा खबर गरेका छौं । चेकजाँच गर्छौ । बरामद सामाग्रीहरुको पौराणीक मुल्य महँगो पर्छ । करोडौ रुपैयाको सामान छ । अनुसन्धान पश्चात थप कुरा पत्ता लाग्ने उनले बताए ।

सम्बन्धित समाचार

Facebook Comments