• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
बर्दियाको बुरहान वाइल्डजोन क्याम्प विश्वको पर्यटकिय गन्तव्यमा 

विष्णु अधिकारी, ११ साउन, बर्दिया । मधुवन नगरपालिका वडा नम्बर १ मा अवस्थित गेरुवा नदीको काखमा रहेको बुरहान वाइल्डजोन क्याम्प क्षेत्र सुन्दर पर्यटकिय गन्तव्य क्षेत्र बन्ने पक्का पक्की जस्तै भइसकेको छ । विश्व प्रसिद्ध म्यागेजीन टाइम्लिे सन २०२४ का लागि तयार पारेको संसार भरका १ सय सर्वोत्कृष्ट गन्तव्य मध्ये बुरहान क्षेत्र पनि एक हो । 

यस क्षेत्रमा अवलोकनका लागि पर्यटकहरु पुग्न मधुवन नगरपालिका वडा नं. १ डाडागाउँ बाट ३० मिनेटको पैदल यात्रामा पुग्न सकिने सो स्थान मनोरम दृश्यले भरिपुर्ण छ । मानव वन्यजनन्तुको द्वन्दको घटनाको हब बनिरहेको मधुवन नगरपालिको बुरहान वाइल्डजोन क्याम्पले विश्व मानचित्रमा आफ्नो नाम समावेश गर्न सफल भएको छ । मधुवन नगरपालिका वडा नं. १ डाडागाउँमा रहेको यस क्षेत्रले पर्यटनको माध्यमबाट स्थानीयको जिविकोपार्जन र मानव वन्यजन्तु द्वन्द न्युनिकरणमा थप सहयोग पुग्ने हुँदा यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायहरुहो हातेमालो आवश्यक रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तराईको सबैभन्दा ठुलो हरियो जङ्गलको स्वर्ग हुनुका साथै अन्य राष्ट्रिय निकुञ्जको तुलनामा कम भीडभाडयुक्त स्थानको रूपमा परिचित छ ।

जसले गर्दा बाघको  जनसंख्या एक दशकमा १२५ पु¥याउन सफल भएको छ । कर्णाली नदीका दुईवटा भंगालोहरूको बीचमा एउटा टापुमा सुन्दर रूपमा रहेको बुरहान वाइल्डरनेस क्याम्पले आगन्तुक पर्यटकहरूलाई जंगलमा पैदल यात्रा, डुंगा यात्रा, वन्यजीव, अवलोकन, ट्रयाकिङ र चोरी शिकारी नियन्त्रण इकाईहरू सँगै अनुभव साटासाट गराउँछ । यस क्षेत्रमा एशियन हात्ती, एकसिङ्गे गैंडा, विभिन्न प्रजातीका मृग लगायतका वन्यजन्तुहरूलाई नजिकैबाट अवलोकन गर्न सहज रहेको नेचर गाइड शुसिला महतराले जानकारी दिएकि छन् । महतराले यस क्षेत्रमा घुम्ने तथा रात बिताउने योजना बनाउदा बाघ लगाएत अन्य वन्यजन्तु देखिने सम्भावना बढि रहेको बताउँछिन् । वुरहान क्षेत्रमा रात बस्दा बाघको गर्जन सहित बाघ देख्न धेरै सम्भावना हुन्छ र यदि नदेखिए पनि, रातभर गर्जन सुन्न सकिन्छ । उनले भनिन् बुरहानले वन्यजन्तुहरूको संरक्षणलाई प्राथमिकता दिई विहान बुरहान क्षेत्रको भ्रमण गर्दा वन्यजन्तुको पर्यावरणीय पदचिन्हलाई सहज रुपमा देख्न सकिने उनको कथन छ ।

बुरहान क्षेत्रले थारु संस्कृतिको जगेर्ना गर्नुको साथै स्थानीयहरुको आय आर्जनमा टेवा पुग्नुका साथै मानव–वन्यजन्तु द्धन्द समाधानमा यस क्षेत्रले भुमिका खेल्न सक्ने महतराको भनाई छ । चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्यले नेपालकै प्रतिनिधित्व हुने गरि विश्वलाई बर्दिया चिनाएको बुरहान वाइल्डजोन क्याम्पलाई विश्वमा घुम्नु पर्ने पर्यटकिय गन्तव्य मध्ये यस क्षेत्र समावेश भएकोमा संरक्षणकर्मी तथा पर्यटन व्यवसायीका लागि खुशीको सन्देश लिएर आएको चुरेकुञ्जलाई बताए । वन्यजन्तु संरक्षणमा आधारित पर्यटकिय क्षेत्र बुरहान कोरिडोर भएकाले यहाँ वन्यजन्तु सहज रुपमा देख्न सकिने भएकाले पर्यटकिय क्षेत्रको विकास गरि मानव वन्यजन्तु द्धन्द न्युनिकरणमा सहयोग पुग्ने आचार्य बताउछन् । 

पर्यटकिय गन्तव्यको प्रचुर सम्भावना बोकेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदाहुदै पनि प्रचार प्रसारमा ओझेलमा परिरहेको समयमा म्याग्जीन टाइम्सले विश्व भरिनै बर्दियाको प्रचार प्रसार गरेको हुदाँ बर्दियामा पर्यटक बढ्ने आचार्यले बताए । खाता सामुदायिक वन समन्वय समितीका अध्यक्ष हरि गुरुङ्गले खाता कोरिडर अन्तर्गत पर्ने बुरहान क्षेत्रका विश्वमा परिचित हुनुका साथै पर्यटक आवागमन संगै यहाँको स्थानीयहरुको पनि आय आर्जनमा बृद्धि हुने बुझाई रहेको बताए । बुरहान वाइल्डजोन क्याम्पलाई विश्वले चिनेको तर नेपालले उचित पर्यटकिय गन्तव्य भनि पहिचान गर्न नसक्नुमा कमजोरी रहेको बताए । बुरहान क्षेत्र चारैतिर नदिले घेरिएको टापु हुनुका साथै वन्यजन्तु ओहोर दोहोर गर्ने कोरिडोर क्षेत्र भएकाले वन्यजन्तु सहज रुपमा अवलोकन गर्न सकिन्छ ।

सम्बन्धित समाचार

Facebook Comments