• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
वडाका योजना नै थाहा पाउँदैनन् दलित महिला सदस्यहरु

सन्जय आचार्य, १० साउन, बर्दिया । गुलरिया नगरपालिकाकामा रहेका दलित महिला जनप्रतिनिधीले विभिन्न नीति, योजना तथा बजेट निर्माणमा आफ्नो कुराहरुको सुनवाई नभएको गुनासो गरेका छन । विहिवार दलित महिला संघ बर्दियाले गुलरियामा आयोजना गरेको छलफल कार्यक्रममा नगरका १२ वटै  वडाका दलित महिला वडा सदस्यहरुले त्यस्तो गुनासो पोखेका हुन ।

दलित महिला संघको ३० औ स्थापना दिवसको अवसर पारेर दलित महिला मैत्री नीति योजना तथा बजेट निर्माणमा जनप्रतिनिधि र सरोकारवाला निकाय बिचको बृहत छलफल कार्याक्रममा उपस्थित अधिकांस महिला जनप्रतिनिधिले वडामा दलितको विषयमा बजेट तथा योजना निर्माणको माग गर्दा खासै ध्यान दिने नगरेको बताएका छन । कार्यक्रममा पालिका अन्र्तगतका सबै दलित वडा सदस्यहरुले आआफ्नो वडामा भएका योजना र बजेट बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा दलित महिला संघकी संयोजक हिमा सुनारले गुलरिया नगरपालिकामा दलित महिला मैत्रीय बजेटको अवस्था कस्तो छ । 

यसको समस्या र कार्यन्वयनमा भएका चुनौतीका विषयमा गम्भीर छलफल भएको बताउनु भएको छ । उहाँले ११ वटै वडाका दलित महिला सदस्यहरु सदस्य रहने गरी साझा मञ्च समेत गठन भएको बताउनु भयो । कार्यक्रमम वडा नं १ का वडा सदस्य पम्फा सुनारले लक्षित वर्गका लागी बजेट नछुटाएको बताउँदै आवाज उठाए पनि कतै सुनुवाई नभएको बताउनु भयो । वडा सदस्यलाई धेरै कुराको जानकारी नभएको पाईएको छ । बजेट तथा योजना निर्माण प्रकृया वारे कतिपय सदस्यलाई सामान्य जानकारीको समेत अभाव रहेको पाइएको थियो । वडा नं ३ वडा सदस्य ममता रैदासले आफुलाई बैठक बसेको समेत जानकारी नभएको बताउनु भयो । 

वडा नं ६ का वडा सदस्य शान्ता सुनारले समाजमा अहिले पनि भेदभाव रहेको बताउदै आफैले भोगेका अनुभव सुनाउनु भयो । अधिकार त्यतिकै नपाउने भएकाले अधिकारको लागी लडनु पर्ने वहाँको जोडछ । वडा नं ६ ले केही रकम छुटाएको र सोही बाट दलित महिलाको लागि कार्यक्रम गरिने बताउनु भयो । कार्यपालिका सदस्य तारा बहादुर सुनारले निती तथा कार्यक्रममा दलित मैत्री बजेट विनियोजन गरी छुवाछुत मुक्तपालिका बनाउन सबैको सहकार्य हुनुपर्ने सुझाव दिनुभयो । उहाँले दलित शासक्तिकरण विधेयक निर्माण गरी कार्यन्वयन गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी नगर उपप्रमुख साबित्रा गौतमले महिलाहरुको क्षमता अभिवृद्धि, आर्थिक उपार्जन लगायत कार्यक्रम निर्माण गरि बजेट बिनियोजन गरेको जानकारी गराउनु भयो । सिमावर्ती छेत्रमा बसोबास गर्ने बिपन्न तथा दलित महिलाहरुको लागि विशेष कार्यक्रम र बजेट छुट्टाइएको बताउनु भयो । कार्यक्रममा सम्पूर्ण वडा सदस्यहरुको छलफलवाट दलित महिला जनप्रतिनीध साझा मञ्चको गठन भएको जनाइएको छ । वडा न. १२ का वडा सदस्य भारती कुमारी सुनारको संयोजकत्वमा सल्लाहकार सहित ११ वटै वडाका दलित महिला सदस्यहरु रहने गरी साझा मञ्च गठन भएको संयोजक सुनारले बताउनु भयो । मंचको सल्लाहकारको रुपमा कार्यपालिक सदस्य नयन सुनार र तारा बहादुर सुनार रहनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments