बर्दियामा ऐतिहासिक धातुका भाँडामूर्तिसहित मानिस पक्राउ
चुरेकुञ्ज, १० साउन, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले भारी मात्रामा धातुको ऐतिहासिक सामाग्रीहरु नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च १६९७ नम्बरको बलेरो गाडी चेकजाँचका क्रममा १४ पोका ऐतिहासिक सामाग्रीहरुसहित मानिसलाई नियन्त्रणमा लिएको हो ।
सामाग्री ढुवानी गर्ने गाडी चालक बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुर बस्ने २१ बर्षिय संजय राढ, सहयोगी भारतको वहराईच जिल्ला लौकाही बस्ने बर्ष ४८ को जब्बर खाँ बलेरो गाडी र अवैंध रुपमा लैजादै गरेको ऐतिहासिक सामाग्रीहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
२८ °C काठमाडौं
Facebook Comments