नमुना गाउँ घोषणा भएसँगै बाँसगढीको सटहरियामा सौन्र्दयीकरण
विन्दु चौधरी, ८ साउन, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका वडा नम्बर ६ सटहरिया गाउँलाई नमुना गाउँ घोषणा भएसंगै हरियाली प्रर्वद्धध तथा सौन्र्दयीकरणका लागि विभिन्न प्रजातीका सयौं विरुवा रोपिएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको समन्वयमा सटहरिया युवा क्लवले नमुना गाउँमा विभिन्न प्रजातीका फुलका विरुवा रोपेको हो ।
हरियाली प्रर्वद्धधन र सौन्दर्यकरणका लागि सडक छेउछाउमा धूपी लगाएत विभिन्न थरीका फुल रोपिएको सटहरिया युवा क्लवका सकृय युवा विबश चौधरीले जानकारी दिनुभएको छ । डिभिजन वन कार्यालय बर्दियाले निःशुल्क उपलब्ध गराएको १ सय ३२ वटा धुपीका विरुवा र अन्य रैथाने फूल रोपिएको गाउँका बरघर चुन्नुराम थारुले बताउनुभयो । सो अवसरमा बाँसगढी नगरपालिका ६ नम्वर वडाअध्यक्ष लाल बहादुर क्षेत्रीले सटहरिया नमुना गाउँका युवाहरुले देखाएको सकृयताको प्रसंसा गर्दै फूलको संरक्षण र थप सौन्दर्यका लागि, गाउँलाई सरसफाइ र ब्यवस्थित गर्न आवस्यक रहेको बताउनु भयो ।
गाउँ टोलका लागि आवश्यकता अनुसार वडाले गर्नसक्ने साथ सहयोेग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले थप फुलका विरुवा चाहिए वडा कार्यालयले सव डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालयमा थप विरुवाका लागि सिफासिरको ब्यवस्था गर्ने बताउनुभयो । बृह्रत वृक्षारोपण कार्यक्रममा बाँसगढी नगरपालिका वार्ड नं ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्री, आरकेजेएसका सामाजिक परिचालक ममता क्षेष्ठ, सिता चौधरी, सटहरिया युवा क्लवका अध्यक्ष फुलकुमारी थारु, बरघर चुन्नुराम थारु, महिला, युवा लगायत करिव ७० भन्दा बढिको सहभागिता रहेको थियो ।
२८ °C काठमाडौं
Facebook Comments