खाता जैविकमार्ग क्षेत्रमा चोरी शिकारी सलबलाउदै
हरि गुरुङ, ८ साउन, मधुवन (बर्दिया) । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा पर्ने भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय बाइलोजिकल कोरीडोर खाता जैविकमार्ग क्षेत्रबाट चोरी शिकारका लागि थापिएको खाबर फेला परेको छ । साना, ठुला वन्यजन्तु ओहोरदोहोर गर्ने कोरीडोर क्षेत्रमा चोरी शिकारीहरु पुनः सलबलाउन थालेका छन् ।
शुन्य चोरी सिकार बर्ष घोषणा भएता पनि यदाकदा चोरी शिकार भैरहेका छ्न । केही समय अघि सशस्त्र प्रहरी बल धनौराले गस्ती गर्ने क्रममा सो क्षेत्रमा घरेलु हतियार भरुवा बन्दुक, पासो फेला पारेको बताईएको छ ।
मंगलवार सशस्त्र प्रहरी बल भग्रैयाका सशस्त्र प्रहरी नायब निरीक्षक ध्रुव प्रसाद भुसालको कमान्डमा खटिएको गस्ती टोलीले कोठियाघाट बजार पछाडिको जंगलमा ४ थान पासो (खाबर) जंगली जनावरलाई थापेको आवस्थामा फेला पारेको खाता सब–डिभिजन वन कार्यालय सानोश्री, बर्दियामा बुझाईएको छ । पासो राख्ने शिकारीहरु फरार रहेका छन । सिमावर्ती क्षेत्र खुला नाकाका कारण चोरी सिकार बढेको अनुमान गर्न सकिन्छ ।
२८ °C काठमाडौं
Facebook Comments