साउनको पहिलो सोमवार शिवायलहरुमा भक्तजनको भिड
केशव कोईराला, ७ साउन, राजापुर (बर्दिया) । साउनको पहिलो सोमबार आज राजापुरको महांकालेश्वर शिव मंन्दिर लगायत जिल्लाका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।
साउनको पहिलो सोमबारका दिन राजापुरको महांकालेश्वर शिव मंन्दिर, बाँसगढीको केदारेश्वर धाम, गुलरियाको बगलामुखी मन्दिर स्थित पिताम्वरेश्वर महादेव, कोटही मन्दिर स्थित पशुपतिनाथ, भन्सार रोड स्थित गौरीशंकर लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुने सनातनीहरुमा धार्मिक विश्वास र मान्यता रही आएको छ ।
साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना गर्नाले मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर बर्दिया कैलालीको सिमानामा बग्ने कर्णाली नदीको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ । साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजियर ब्रत बस्दै भगवान शिवको आराधना गर्ने गर्दछन् ।
२८ °C काठमाडौं
Facebook Comments